बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिव्यक्ति आय बढ्यो, एक नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर पुग्याे

बुधबार, १२ वैशाख २०७५, १६ : ०४
बुधबार, १२ वैशाख २०७५

काठमाडौं–नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको  तथ्यांक सार्वजनिक गरिएकाे  छ ।

आर्थिक वर्ष २०७३/७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार  ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

अर्थात एक नेपालीको  वार्षिक आम्दानी रु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ ।

यद्यपि, जिडीपीमा रेमिट्यान्सको हिस्सा भने घट्दै गएको तथ्यांक विभागको प्रतिवेदनमा उल्लेख गरिएको  छ । 

जिडिपिमा गत वर्ष रेमिट्यान्सको योगदान २६.३२ प्रतिशत  रहेकोमा यसपटक घटेर २४.५२ प्रतिशतमा झरेको छ ।  

राष्ट्रिय योजना आयोगले  केही महिना अघि नेपालीको प्रतिव्यक्ति आय ८ सय ६२ डलर मात्र रहेको भन्दै अल्पविकसित देशबाट स्तरोन्नती हुन चाहेको थिएन ।

तर,  त्यसको केही महिनामै केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले भने प्रतिव्यक्ति बढेको देखाएको हो । 

 विभागले चालू आर्थिक वर्षको आर्थिक बृद्धिदर  ५.८९ प्रतिशतले बढेर अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान  समेत गरेको छ ।  

केही दिन अघि नेपालको आर्थिक बृद्धिदर एसियाली विकास बैंकले ४.९ प्रतिशत  र विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने अनुमान गरेको थियो ।

यी दुबैको अनुमान भन्दा माथि रहेर विभागले आर्थिक बृद्धिदरको अनुमान सार्वजनिक गरेको छ । 
 
विभागले कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा सेवा क्षेत्रको सबै भन्दा बढी योगदान रहने प्रक्षेपण पनि  छ । 

आर्थिक वर्ष २०७४/७५ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै  तथ्यांक विभागले यस वर्ष सेवा क्षेत्रको मात्र ५७.६१ प्रतिशतले योगदान हुने अनुमान गरेको छ । 

 सेवा क्षेत्र अन्र्तगत खुद्रा वयापार, होटल तथा रेष्टुरेनट, यातायात सञ्चार तथा भण्डारण, वित्तिय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य लगायत  सेवा  पर्दछ ।  

जीडीपीमा निर्माण क्षेत्रको योगदान ७.६० प्रतिशत, थोक तथा खुद्रा व्यापारको १३.२६ प्रतिशत, कृषि तथा वनको २७.१० प्रतिशत र  विद्युतको १.१९ प्रतिशत योगदान रहने अनुमान छ । 
यस्तै प्राथमिक क्षेत्रको २८.२१ प्रतिशत योगदान रहने अनुमान पनि विभागको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप