शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मार्क्सको जन्म द्वीशतवार्षिकीको अवसरमा राष्ट्रिय गोष्ठीको आयोजना गरिने

बुधबार, १२ वैशाख २०७५, १५ : ५२
बुधबार, १२ वैशाख २०७५

काठमाडौं– कार्ल मार्क्स जन्म द्वीशतवार्षिकी समारोह समिति, नेपालले  आगामी बैशाख २१ र २२ गते काठमाडौंमा राष्ट्रिय गोष्ठीको आयोजना गर्ने भएको छ । 
समितिले  बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी  मे ५ मा  कार्ल मार्क्सको जन्म द्वीशतवार्षिकी भएको  र सो अवसरमा  ‘आजको मार्क्सवादः  लोकतन्त्र–समृद्दि–समाजवाद लाई मूल  विषय राखेर राष्ट्रिय गोष्ठीको आयोजना गर्न लागिएको जानकारी दिइयो । 
कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु सहभागि हुने गोष्ठी विभिन्न क्षेत्रका विद्धानहरुको व्याख्यान हुनुका साथै विचार सत्र र कम्युनिष्ट पार्टीका सदस्यहरुका बीचमा हुने राजनीतिक सत्रका रुपमा राष्ट्रिय सभागृहमासम्पन्न हुने बताइएको छ । 
सो क्रममा १० हजार युवाहरुलाई मार्क्सवादबारे प्रशिक्षण दिने समितिको  पूर्वघोषित कार्यक्रम तथा अन्य गतिविधिहरुको योजनामा समेत छलफल र निर्णय हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
कार्ल मार्क्स जन्म द्वीशतवार्षिकी समारोह समितिको संयोजकमा घनश्याम  भुसाल र सहसंयोजकमा राम कार्की रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप