बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वनमन्त्री बस्नेतले अघि सारे नयाँ योजना

बुधबार, १२ वैशाख २०७५, १५ : ०९
बुधबार, १२ वैशाख २०७५

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाको सहरी वन विकासका लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार सिंहदरबारमा आयोजित ‘काठमाडौं उपत्यकाको सहरी वन विकास’ सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सहरी वन संरक्षणका लागि स्थानीय र प्रदेश सरकारसँग मिलेर साझा कार्यक्रम तय गर्ने योजना पनि अघि सारे । उनले वन र वातावरण क्षेत्रको संरक्षणका लागि स्थानीय तहसँग साझेदारी गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे । 

सरकारले यो वर्ष सहरी क्षेत्रको वन विकासका लागि वार्षिक कार्यक्रम नै बनाएर अघि बढने योजना पनि तय गरेको छ । मन्त्री बस्नेतले वन क्षेत्रको संरक्षणका लागि सरोकारवाला निकायहरुबीच संयुक्त पहल हुनुपर्नेमा पनि जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप