शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२०२५ भित्र नेपाललाई औलोमुक्त राष्ट्र बनाउने संकल्प

बुधबार, १२ वैशाख २०७५, १४ : २८
बुधबार, १२ वैशाख २०७५

काठमाडौं– विश्व औंलो दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदैछ । 

यसै अवसरमा सरकारले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सन् २०२५ भित्र नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पु¥याउने संकल्प पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।

सो प्रतिवद्धतालाई पूरा गर्न सरकारले ‘औंलो उन्मूलन कार्यक्रम’ देशभर संचालन गरेको जनाएको छ । लामखुट्टे भएका घर, गोठमा पुगेर यो रोगको संक्रमण हुन नदिन जनचेतनामूलक कार्यक्रम संचालन भईरहेको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. विवेककुमार लालले जानकारी दिए ।

सरकारले यस वर्ष ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने मूल नारा तय गरेको छ । रोग आउनै नदिने गरी लामखुट्टे नियन्त्रणको काममा केन्द्रित अभियान संचालन गरिएको पनि महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. लालले बताए ।

सरकारले यसवर्ष औंलोबाट हुने विरामीको संख्या ९० प्रतिशतले घटाउने रणनीति अनुसार काम भइरहेको दावी गरेको छ । 

नेपालमा हाल वर्षमा १ हजार औंलो रोगी देखिने गरेको सरकारी तथ्यांक छ । विश्वमा औंलो रोगबाट करिव ५० हजार मानिस प्रभावित हुने गरेका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार औंलो रोगका कारण मृत्यु हुनेहरुमा ५ वर्ष मुनिका बालबालिका धेरै रहेका छन् । 

एनोफिलिज नामक लामखुट्टेको टोकाइका कारण औलो रोग लाग्ने गर्दछ । सरकारले औलो रोग फैलिन नदिन उच्च सर्तकता अपनाइएको पनि जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप