शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको भारत भ्रमणका ६ रहस्य !

बुधबार, १२ वैशाख २०७५, १४ : १९
बुधबार, १२ वैशाख २०७५

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले चैत २३ देखि २५ सम्म भारतको भ्रमण गरे । 

भारत भ्रमणका बेला उनले भारतीय समकक्षी नरेन्द्र मोदीबाहेक राष्ट्रपति, उपराष्ट्रपति, विदेशमन्त्री गृहमन्त्रीदेखि विपक्षी दल काँग्रेस नेतासम्म भेटे । 

भ्रमण सकेर स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे मन्त्रीहरूलाई रमाइला किस्सा सुनाएका छन् । 

ओलीका किस्सा सुनेका एक मन्त्रीले ओली भ्रमणका केही रहस्य यसरी सुनाए । 

१– मोदीसँग अलिअलि, बेँकैयासँग मन माझामाझ

प्रधानमन्त्री ओलीले आफ्नो ब्रिफिङमा भारत भ्रमणका बेला नेपाल–भारत सम्बन्धबारे समकक्षी मोदीसँग अनौपचारिक कुराकानी अलिकलि मात्रै भएको बताए । तर भारतको राजकीय भ्रमणमा भारतका उपराष्ट्रपति बेँकैया नायडुसँग भएको भेटवार्तामा भने मन माझिने गरी कुरा भएको ओलीले मन्त्रीहरूलाई बताएका थिए ।

मौलाना आजाद रोडस्थित उपराष्ट्रपतिको निवासमा प्रधानमन्त्री ओलीले भारतीय उपराष्ट्रपतिसँग भ्रमणको दोस्रो दिन चैत २४ गते भेट गरेका थिए । उपराष्ट्रमा निर्वाचित हुनुअगाडि नायडु सत्तारुढ भारतीय जनता पार्टीका बरिष्ठ नेता थिए । भाजपाका पूर्वनेता भएकै कारण आफूले उनीसँग मन माझामाझ हुने गरी कुराकानी गरेको ओलीको भनाइ छ । 

२–राम्रो गृहकार्य थिएन
 

प्रधानमन्त्री ओलीले समकक्षी मोदीसहितको वार्तामा भ्रमणको एजेन्डाबारे नेपाली गृहकार्य नपुगेको सुनाएका थिए । पानी जहाज र रेलको कुराबाहेक अरू विषयमा धेरै गृहकार्य नभएको नेपाली प्रतिनिधिमण्डलको कुरा थियो । ओलीले मन्त्रीहरूलाई सुनाएअनुसार नेपाली टोली भ्रमणको प्रर्याप्त गृहकार्यमा थिएन । गृहकार्य नपुगेको भन्दै अरूण तेस्रो परियोजनाको शिलान्यास पनि अन्तिम समयमा स्थगित गरिएको थियो । ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि भारतले आर्थिक सहयोग गराउने घोषणा गरेको छ । 

हैदराहाउसबाटै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए । उनीहरूले वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन पनि गरेका थिए । 

३– रेल मात्रै कि बजेट पनि ?

दुई देशबीचको प्रतिनिधिमण्डलको संवादमा रक्सौलदेखि काठमाडौंसम्म रेल ल्याउने एजेन्डाले प्रवेश पाएपछि प्रधानमन्त्री ओलीले सोधका थिए, ‘रेल मात्रै हो कि बजेट पनि हो भनेर मैले सोधेँ । त्यसपछि बजेटको कुरा पनि भयो ।’ ओलीले मन्त्रीहरूलाई सुनाएका छन् । 

४– तीन किलोमिटर सडक

ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई भारतले तीन किलोमिटर सडक बनाउन नसकेको भनेर व्यङ्ग्य पनि हानेको दाबी मन्त्रीहरूलाई सुनाएका छन् । ओलीले मन्त्रीहरूलाई सुनाएअनुसार उनले मोदीलाई भनेका थिए, ‘भारतले दैनिक २६ किलोमिटर सडक बनाइरहेको छ । महाकालीमा बीस वर्षदेखि तीन किलोमिटर सडक बन्न सकेको छैन भन्न लाज लागेको छ ।’

५– ठूलो व्यापार घाटा

प्रधानमन्त्री ओलीले व्यपार घाटाको विषयमा पनि मोदीसँग रमाइलो कुरा गरेको दाबी मन्त्रीहरूलाई सुनाएका छन् । भारतसँगको नेपालको ब्यापार घाटाका विषयमा ओलीले मोदीसँग भनेका थिए, ‘भारत शक्तिशाली देश बन्दैछ । नेपालको उसँग ठूलो व्यापार घाटा छ । यो सुहाएन । के गरेर हुन्छ, तपाईंहरूले घटाउनेबारे सोच्नुहोस् ।’ भारतसँग नेपालको करिब साढे पाँच खर्बको व्यापार घाटा छ । 

६– आर्थिक घोषणाको अपेक्षा

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणमा भारतबाट आर्थिक सहायताको घोषणाको अपेक्षा गरेका छन् । मोदीले वैशाख २८ गते नेपाल भ्रमण गर्नेगरी तयारी हुँदैछ । यद्यपि यसको औपचारिक घोषणा हुन बाँकी छ । 

भारत भ्रमणका समाचार

भारतबाट फर्किने बित्तिकै ओलीले भने– 'मैले केहि भनिरहनै पर्दैन, तस्बिर आफैं बोल्छ '

प्रधानमन्त्रीको भारत भ्रमणबारे  को के भन्छन् ?

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (हेर्नुहोस् ८ तस्बिरमा)

मानार्थ विद्यावारिधि उपाधि ग्रहण गरेपछि ओलीले के भने ?

प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ विद्यावारिधि उपाधि

...तर, ओली–मोदीले हात मिलाएनन्

मोदीसँगकाे संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने–चुनावपछि नेपाल समृद्धितर्फ अघि बढ्यो

-नेपालमा लोकतन्त्रको स्वर्णीम अध्याय शुरु, भारत हर्षित : मोदी

नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी (पूर्णपाठसहित)

-प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

९ तस्बिरमा हेर्नुहोस्  ओली र  मोदीबीचको भेटवार्ता

हैदराबाद हाउसबाट पेट्रोलियम पाइपलाइन शिलान्यास, यसको फाइदा के ?

एकीकृत जाँच चौकी के हो र के हुन्छ फाइदा ?

गान्धीको समाधिस्थलमा पुगेर के लेखे प्रधानमन्त्री ओलीले ? (फोटोफिचरसहित)

अचानक रोकियो अरुण तेस्रो आयोजनाको उद्घाटन

प्रधानमन्त्री ओली र भारतीय राष्ट्रपतिबीच भेटवार्ता 

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

ओलीको स्वागतमा मोदीको नेपाली ट्वीट !

याे पनि

पहिलो दिन : दिल्लीमा प्रधानमन्त्री ओलीका १२ घण्टा

प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता

भारतीय काँग्रेसका अध्यक्ष र पूर्वप्रधानमन्त्री सिंहले भेटे प्रधानमन्त्री ओलीलाई

इन्डिया नेपाल विजनेश फोरममा प्रधानमन्त्रीले के भने ?

मोदी भन्दा अगाडि डोभल–ओली भेटबार्ता

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्रीको स्वागत, हेर्नुहोस् तस्विर

प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान (फोटोफिचर)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप