सरकारलाई आयोगले बुझायो ४ हजार बढी आदेशसहितको प्रतिवेदन
काठमाडौं– राष्ट्रिय सूचना आयोगले वार्षिक प्रतिवेदन सरकारलाई बुझाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार विहान आयोगका पदाधिकारीले भेटगरी आफनो वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
सरकारी निवास बालुवाटारमा पुगेर पदाधिकारीहरुले बुझाएको प्रतिवेदनमा हालसम्म ४ हजार १ सय ४४ वटा आदेशहरु दिइएको उल्लेख गरिएको छ ।
आयोगको आदेश अनुसार सबै विद्यालयहरुको पाठयक्रममा सूचनाको हकसम्बन्धि विषय समावेश गर्न सफल भइएको प्रतिवेदनमा छ । प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले प्रधानमन्त्री ओलीलाई सबै जिल्लामा शाखा स्थापना गरिए सूचनाको हकसम्बन्धि व्यवस्थालाई कार्यान्वयनमा लैजान पहल गरिएको जानकारी दिए ।
आयोगको प्रतिवेदनमा सूचनाको हक कार्यान्वयनका लागि समाजका सबै अंगहरुसँग आवश्यक छलफल गरिएको पनि उल्लेख गरिएको छ ।
त्यसैगरी हाल आयोगले शिक्षकहरुको सुचनाको हकसम्बन्धि व्यवस्थालाई कार्यान्वयनमा लैजाने योजना अघि सारेको छ ।
प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हकलाई व्यवस्थित बनाउन सबै स्थानीय तहलाई पनि आदेश दिइएको प्रधानमन्त्री ओलीलाई जानकारी दिए ।
संवैधानिक व्यवस्था अनुसार आयोगले आफ्नो वार्षिक प्रतिवेदन सरकारलाई बुझाउनुपर्ने हुन्छ ।