शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घर–गोठ जल्दा एकको मृत्यु, लाखौंको क्षति

बुधबार, १२ वैशाख २०७५, १३ : ५३
बुधबार, १२ वैशाख २०७५

प्रेम सुनार,गुल्मी–गत केहि दिनयता गुुल्मीका विभिन्न गाउँमा आगालागीका घटना बढेका छन् । पछिल्लो पटक गएराती धुर्कोट गाउँपालिकाको एक गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने पशुसहित लाखौंको क्षति भएको छ ।
धुर्कोट गाउँपालिका वडा नम्वर–३ हाडहाडेस्थित सोमरभोमरका ६० वर्षिय कृष्णबहादुर पुनको गोठमा आगो लाग्दा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।
प्रवक्ता चौधरीका अनुसार गोठमा सुतेका पुनको गोठमा बालेको आगो सल्किँदै जाँदा राती नै जलेर मृत्यु भएको हो । त्यस्तै उनको गोठका दुई बाख्रा मरेका छन् भने एउटा घाईते भएको छ । 
त्यस्तै छत्रकोट गाउँपालिकामा दुई परिवारको घर गोठ जलेको छ । छत्रकोट गाउँपालिका वडा नम्वर ३ हर्दिनेटा भतेरपाटाका गंगा पन्थी गोठ जलेर दुई वाख्रा मर्नुका साथै लाँखौंको क्षति भएको हर्दिनेटाका हेमन्त सुनारले बताए ।
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप