मुसहर बस्तीमा धुर्मुस–सुन्तली– १ सय बालबालिका भर्ना गर्दै
महोत्तरी– वर्षौदेखि अरुको बारी चहार्दै मुसा मार्ने र खेलकुदमै बाल्यकाल बिताउने परम्परा अन्त्य गर्दै मुसहर समुदायका बालबालिका विद्यालय जाने भएका छन् । गौशाला नगरपालिका– ७ मनहर्वास्थित मुसहर समुदायका एकसय बालबालिका नजिकै रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना हुने भएका हुन् । सो वस्तीमै पुगी बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षित बनाउनुपर्ने सन्देश यहाँका सञ्चारकर्मीले बस्तीमै गएर समय समयमा सन्देश सम्प्रेषण गरेपछि उनीहरु विद्यालय जाने भएका हुन् ।
बस्तीका अरु बालबालिका झोला, कपी, कलम बोकी विद्यालय गइरहेको समयमा बस्तीका बालबालिका भने काँधमा कोदालो बोकी तरकारीको लागि मुसा मार्न अरुको बारी चहार्दै आएका थिए । बालबालिका विद्यालय जाने भएपछि गौशाला नगरपालिकाले दिवा खाजा तथा विद्यालयको भौतिक संरचना निर्माणका लागि चासो देखाएको छ ।
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले नगरक्षेत्रभित्र रहेका हरेक बालबालिकालाई शिक्षित बनाउने अभियान सफल बनाउनका लागि सो बस्तीमा यस्तो अवधारणा ल्याएइको जनाए । धुर्मुस (सीतारम कट्टेल) र सुन्तली (कुञ्जनात घिमिरे) ले सो समुदायका एकसय बालबालिकालाई नजिकै रहेको आधारभूत विद्यालयमा भर्ना गराउन यही वैशाख १३ गते सो बस्तीमा आउने भएका छन् ।
बस्तीमा शिक्षाको ज्योति फैलिने स्थानीयवासी एवं अखिल क्रान्तिकारीका २ नं प्रदेशका सचिव सूर्यनारायण साहले बताए । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टाईले एक रात बिताउनुभएको सो बस्तीका बासिन्दा हालसम्म पनि शिक्षा, स्वास्थ्य तथा विकासको दृष्टिकोणले पछिडिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण