बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इराक युद्धमा  जिम्मेवार मानिएकाहरु के गर्दैछन् अहिले ?

बुधबार, १२ वैशाख २०७५, १३ : ३३
बुधबार, १२ वैशाख २०७५

–चाल्स पी पिएर्स
 

यो हप्ता मैले पढेको सबैभन्दा कारुणिक र क्रुद्ध बनाउने लेख मैले मङ्लबार न्युयोर्क टाइम्समा पढेँ । यसको एक साधारण हेडलाइन थियो । सिनन एन्टुनले लेखेको यो लेखको एक अंश यस्तो छ :
“पन्ध्र वर्षअघि अमेरिकाले मेरो देश ध्वस्त बनायो ।”

...मेरो छोटो भ्रमणमा अमेरिकी आक्रमणले इराकमा विनास मात्र निम्त्याउनेछ भन्ने मेरो पहिलाको अडान र डरलाई पुष्टि ग¥यो । सद्दामलाई सत्ताबाट हटाउनु पछाडि खासमा अर्कै दानवी उद्देश्य थियो : इराकी राज्य र यसका संस्थाहरूको विखण्डन गर्ने । त्यो राज्यको स्थान असक्षम र भ्रष्ट अर्थ–राज्यले लिएको छ । हामी बग्दादमा फिल्माङ्कन गराइरहँदा सङ्क्रमणीय निकायका प्रमुख एल पोल ब्रेमेर तृतीयाले जुलाई २००३ ‘शासन परिषद’ गठनको घोषण गरे । त्यसका प्रत्येक सदस्य सम्प्रदाय र जातिको आधारमा छानिएका थिए । त्यो दिन हामीले कुरा गरेका सबै इराकीहरू जातीय–साम्प्रदायिक कोटा प्रणाली संस्थागत भएकोमा दुःखी थिए । इराकमा पहिलेदेखि नै जातीय र सम्प्रदायिक तनाव थियो तर त्यसको राजनीतिमा रूपान्तरण निक्कै विषाक्त भयो । शासन परिषदको त्यो घृणीत चरित्रले राष्ट्रमा लुट मच्चायो । अघिल्ला दशकहरूमा अमेरिकी समर्थक रहेकाहरूको सरकारले इराकलाई केही वर्षमै विश्वको सबैभन्दा भ्रष्ट मुलुकमा बनाए ।

सिनन एन्टुनको सम्मानयोग्य गुनासोको अतिरिक्त आधुनिक अमेरिकी इतिहासको सबैभन्दा ठूलो विदेश नीति विफलताको १५औं वार्षिकोत्सव बेवास्तापूर्ण रूपले बित्यो । पछिल्लो समय यहाँका सबैजसो समाचार संस्थाहरू हरेक दिन राष्ट्रपतिका रूपमा विराजमान एक अश्लील बूढोको समाचारमा केन्द्रित देखिन्छन् । समाचारहरू उनको रसियाको अभिजातहरूसँग सम्बन्ध थियो कि थिएन वा उनको रोबर्ट मुलरसँगको घम्साघम्सी र बयस्क फिल्म उद्योगमा काम गर्ने एक महिलाले उसलाई कसरी मूर्ख बनाए भन्नेमै केन्द्रित हुन्छन् ।

तर विदेशमा विशेष ती देशहरूमा जहाँ २००३ को अमेरिकी आक्रमणले तिनका गाउँबस्ती युद्धभूमिमा बदलिएको छ, त्यहाँका मानिसले यो वार्षिकोत्सवलाई त्यसरी नै सम्झिए, जसरी झुट प्रमाण देखाएर जर्ज डब्लु बुसले युद्ध सुरु गरेको हरेक दिन सझिरहेका छन् । उनीहरूका लागि सबैभन्दा ठूलो कुरा नै जीवित रहनुभएको छ ।

मेरो पछिल्लो भ्रमण मे २०१७ मा भएको थियो । म मेरो नयाँ बसोबास गरिरहेको न्युयोर्क सहरबाट कुबेत उडेँ । त्यहाँ म लेक्चर दिँदै थिएँ । त्यहाँबाट एक इराकी मित्रसँग म जमिन मार्गबाट इराक गएँ । म इराकको दक्षिणमा रहेको बासरा सहर जाँदै थिएँ । यो सहर मैले पहिले भ्रमण नगरेको एक मात्र प्रमुख इराकी सहर थियो । म अल–फराहिदी मार्गमा रहेको शुक्रबार पुस्तक बजारमा हुन लागेको मेरो पुस्तकमा हस्ताक्षर गर्न जाँदै थिएँ । साप्ताहिक रूपमा हुने पुस्तकप्रेमीको यो भेला बग्दादमा रहेको चर्चित मुतनब्बी मार्ग पुस्तक बजारको नक्कलमा बनेको थियो । साथीहरूले मलाई सहर वरपर घुमाए । हुन त मैले १९७० को दशकमा पोस्टकार्डहरूमा देखेको सुन्दर बासराको आस गरेको थिइनँ, त्यो सहर धेरै पहिले नै हराइसकेको थियो । तर मैले जुन बासरा देखे त्यो निक्कै उजाड र प्रदूषित सहरमा बदलिएको थियो । यो सहरले इरान–इराक युद्धमै निक्कै दुःख पाएको थियो । बासरा त्यहाँ व्याप्त भ्रष्टाचारका कारण फुस्रो, जीर्ण र भद्रगोल देखिन्थ्यो ।

भावि दिनमा असफल हुन लागेको अमेरिकी अतिक्रमणविरुद्ध अमेरिकामै ठूला विरोध¥यालीहरू निस्किएका थिए । यी विरोध¥यालीहरू विरलै समाचारहरूमा छापिए । यी विरोधलाई महत्व नदिइँदा कोलिन पावेललाई संयुक्त राष्ट्रमा वकवासपूर्ण प्रस्तुति दिन सहयोग पुग्यो । मानिसहरू यो परिवर्तनकारी क्षणले कसरी विश्व व्यवस्था बदल्नेछ भन्ने विषयमा किताब लेखेर धनी भए । त्यस्तै केही मानिसहरू प्राचीन समयको शक्तिशाली रोम वा साम्राज्यवादी बेलायतजस्तो भएको अमेरिकाले विश्वभर लोकतान्त्रिक गणन्त्रण निर्यात गर्न बन्द गर्नुपर्छ भन्ने किताब लेखेर धनी भए । मानिसहरू विस्टन चर्चिलझैं हाउभाउ गर्दै थिए । पूरै देशको शुद्धि हराएको थियो । 

यसको परिणाम आएको छ । इराक कहिल्यै यो अतिक्रमणबाट उम्किएन । यही युद्धको प्रभावले छिमेकी देश सिरिया गृहयुद्धमा फस्यो । आजको दिनमा साउदी अरबमा इतिहासको सबैभन्दा अमानवीय शासन बनको छ, जो अमेरिकाले निर्यात गरेको हातहतियारले यमनमा आमसंहार मच्चाइरहेको छ । यो सबैको उलेखनीय परिणाम भनेको लगभग कसैले पनि यो डरलाग्दो कुकर्मको लागि कुनै वास्तविक मूल्य तिरेन ।

मङ्गलबार इराक युद्ध गर्नुपर्छ भन्ने विषयका सबैभन्दा ठूला समर्थक पूर्वजनरल राल्फ पिटरले आफूले काम गरिरहेको फक्स न्युज छाडेको घोषण गरे । अचानक उनलाई यो समाचार संस्था ‘प्रोपागान्डा मेसिन’ भएको होस् भयो रे । त्यो समय पिटरको स्वरमा स्वर मिलाएर चिल्लाउने थुप्रै थिए । यो डरलाग्दो घटनाका जिम्मेवार थुप्रै दानवहरूलाई डोनाल्ड ट्रम्पले पुनःस्थापित गरेका छन् । लाग्छ, सिनन् एन्टुनलाई कसैले सुनिरहेको छैन : 

१५ वर्ष अगाडिको त्यो अतिक्रमणले कति इराकीले ज्यान गुमाए भन्ने कुनै हिसाब किताब छैन । केही विश्वसनीय अनुमानले यो सङ्ख्या दश लाखभन्दा बढी भएको भनेको छ । तपाईं त्यो वाक्य पुनः दोहो¥याउन सक्नुहुन्छ । इराक हमलालाई अमेरिकामा ‘गल्ती’ वा अझ ‘ठूलो गल्ती’ को संज्ञा दिइन्छ । तर खासमा त त्यो अपराध थियो । त्यो हमला सुरु गर्नेहरू अझै पनि खुल्ला हिँडिरहेका छन् । तिनमध्य केही ट्रम्पको उदय र चाँडै बिर्सने अ‍ेमेरिकी नागरिकहरूका कारण पुनः स्थापित भएका छन् । (धेरै वर्ष अगाडि मैले बुसलाई ‘द इलन डिजेनेरस सो’मा आफ्नो पेन्टिङहरूबारेमा हाँसिरहेको, नाचिरहेको देखेको थिएँ ।) हामीलाई युद्धमा धकेल्ने विज्ञहरूले आफ्नो पुरानो काम जारी राखिरहेका छन् । मैले इराक सद्दाम हुसेनको शासनकालमा भन्दा बढी खराब हुन्छ भन्ने कहिल्यै अनुमान गरेको थिइनँ तर अमेरिकाले त्यो हासिल गरेको र इराकीहरू त्यसलाई भोग्दै छन् ।

धेरै मानिसहरूले मङ्गलबार बिदा लिनुपथ्र्यो । प्रतीक्षा कक्ष प्रायश्चितका लागि एक दिन खालिगरिनुपथ्र्यो । जर्ज डब्लु बुसले यो एक दिन स्टकमा बिताउनुपथ्र्यो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप