शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंकाले संख्याभन्दा गुणस्तरतिर ध्यान दिने कि ?

बुधबार, १२ वैशाख २०७५, १३ : २३
बुधबार, १२ वैशाख २०७५

काठमाडौं – ‘अफर आएका जति फिल्म खेल्नुपर्छ । अफर आएको बेला फिल्म नखेले पछि के हो के हो’ । अहिले चलचित्र क्षेत्रमा केही कलाकारले भन्ने शब्द हुन् यी । ती केही मध्यमा अभिनेत्री प्रियंका पनि पर्छिन् ।
प्रियंका अहिले धेरै भन्दा धेरै चलचित्र अभिनय गरिरहेकी छन् । मुख्य, सहायक वा गेष्ट नै किन नहोस् । सबै खालका भूमिकामा उनलाई देख्न सकिन्छ ।
गतवर्ष अर्थात २०७४मा रिलिज भएका चलचित्रको कुरा गर्ने हो भने सबैभन्दा धेरै पर्दामा छाउने अभिनेत्रीमा पर्दछिन् उनी । यो बर्ष झण्डै आधा दर्जन बढी चलचित्र उनका मात्र रिलिज भए । कहिले राम्रै विजनेश गरे त केही आए–गएको उनले नै पत्तो पाइनन् । तर पर्दामा भने उनी छाइरहिन् । 
अहिले पनि उनी अभिनित दुई चलचित्र ‘लिलिबिली’ र ‘शत्रु गते’ पर्दामा देख्न सकिन्छ । यो उत्रिन नपाउदै आगामी शुक्रबार अर्थात १४ बैशाकबाट उनी अभिनित नयाँ दुई चलचित्र ‘ह्याप्पी डेज’ र ‘कोहलपुर एक्सप्रेस’ लाग्दैछ ।
यी दुबै चलचित्रको पनि उनी मुख्य अभिनेत्री हुन् । एकसाथ लाग्ने यी दुबै चलचित्रको प्रचार प्रसारमा हिँड्न अहिले उनलाई निकै सकस परिरहेको छ । 
एक चलचित्रमा हिड्यो, अर्काे छुट्छ । न हिडौं पनि भएन । एकातिर आफ्नो प्रिय साथी अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ । अर्काे नियमित चलचित्र दिने निर्देशक मिलन चाम्सको ‘ह््यापी डेज’ । कसको चलचित्रको प्रचारमा हिँड्ने । कसकोमा नहिँड्ने । कसलाई बढी समय दिने, कुन चलचित्र हेर्न दर्शकलाई आग्रह गर्ने । उनलाई तनाब नै तनाव छ ।
यो अवस्थामा पनि उनी ‘ह्याप्पी डेज’को प्रचारमा रथ चढेर शहर घुम्नेदेखि केकीसँग पिज्जा बोकेर ‘कोहलपुर एक्सप्रेस’को प्रचारमा घरघर समेत पुगिरहेकी छन् ।
उनको ‘लिलिबिली’ र ‘शत्रु गते’ले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको छ । यो समय उनका फेरी दुई चलचित्र आउँदा दिकदार त हुने होइनन् ।  ‘चिनी धेरै खाए तितो हुन्छ’ भने झैँ त हुने होइन । उनलाई चिन्ता पनि छ । 
अर्काे कुरो लगातार एकै कलाकारको चलचित्र प्रियंकाको करियर र चलचित्रको ब्यवसायलाई पनि फाइदा नपुग्ने देखिन्छ । 
पटक पटक यस्तो अवस्थाबाट गुज्रिरहेकी प्रियंकालाई हाम्रो तर्फबाट एउटा सुझाव छ – प्रियंकाजी संख्या भन्दा गुणस्तरतिर ध्यान दिने कि ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप