शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वनविज्ञान विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह हुँदै

बुधबार, १२ वैशाख २०७५, १३ : १४
बुधबार, १२ वैशाख २०७५

चितवन– कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको प्रथम दीक्षान्त समारोह हुने भएको छ ।  यही वैशाख २१ गते हुने सो समारोहबाट ३१२ जना विद्यार्थी दीक्षित हुने छन् । 

विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कृषि विज्ञानमा १३१, जैविक प्रविधि विज्ञानमा दुई, पशु चिकित्सामा २७, पशु विज्ञानमा नौ, मत्स्य विज्ञानमा नौ र वन विज्ञानमा १० जना स्नातकोत्तर उत्तीर्ण भएका तथा वन विज्ञानमा विद्यावारिधि गरेका एक जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन् । 

त्यस्तै, कृषि विज्ञान ९४ र वन विज्ञानमा २९ जना स्नातक गरेका विद्यार्थी पनि दीक्षान्त समारोहमा सहभागी हुने विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।  विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने सो समारोहको प्रमुख अतिथि हरियाणा कृषि विश्वविद्यालय, भारतका उपकुलपति प्राडा केपी सिंहले गर्नु हुने कार्यक्रम रहेको विश्वविद्यालयका रजिष्टार प्राडा मनराज कोलाक्षपतिले जानकारी दिए । 

समारोहमा स्नातक तह र स्नातकोत्तर तहको परीक्षामा तीनबटैं संकायबाट उत्कृष्ट अंक ल्याई विश्वविद्यालय प्रथम हुने एक÷एकजनालाई कुलपति पदक एवं स्नातक, स्नातकोत्तर तहका परीक्षामा संकाय प्रथम हुने सात जनालाई उपकुलपति पदक प्रदान गरिने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप