युएईमा ‘ब्लडमनि’ तिर्न उठ्यो २९ लाख रुपैंयाँ
बिनोद श्रेष्ठ,युएई– ब्लडमनि तिर्न नसकेर बिगत चार बर्षदेखि युएईमा बिचल्लीमा परेका चितवन,खैरेनीका टोपबहादुर बिकको उद्दारका लागि करिब २९ लाख नेपाली रुपैयाँ संकलन भएको छ ।
नेपाली दूतावास युएईको समन्वय तथा एनआरएनए युएईको संयोजनमा युएईमा रहेका नेपाली संघसस्था र ब्याबसायीहरुको पहलमा उक्त रकम सकलन भएको हो ।
विकको सहयोगमा प्रतिबद्धता रकमसहित एकलाख ७ सय सत्तरी दिराम अर्थात करिब २९ लाख नेपाली रुपैयाँ सकलन भएको एनआरएनए युएईले जनाएको छ । आबश्यक रकम उठिसकेकोले सहयोग रकम सकलन नगर्न एनआरएनए युएईले अपिल गरेको छ ।
संकलित रकम दुताबास आबुधाबीलाइ बुझाउने र दूतावासले कानुनी प्रक्रिया पूरा गरि बिकलाइ नेपाल फर्काउने एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए ।
कामको शिलशिलामा चार बर्षअघि क्रेन दुर्घटनामा दुई थाई नागरिकको ज्यान गएको थियो । पाकिस्तानी नागरिक अपरेटर रहेको उक्त क्रेनमा टोपबहादुर हेल्परका रुपमा काम गर्दथे । युएईको अल-ऐनस्थित ‘सिभिल कोर्ट’ ले कम्पनी, क्रेन अपरेटर पाकिस्तानी नागरिक र हेल्पर टोपबहादुरलाई दोषी ठहर गर्दै पीडितका परिवारलाई १र१ लाख दिराम दिनुपर्ने फैसला सुनाएको थियो ।
दुर्घटनापछि ४ महिना २० दिन जेलमा बसेका बिकलाई अदालतको फैसलापछि कतै जान नसक्ने गरि यात्रामा प्रतिबन्ध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी