बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम

बुधबार, १२ वैशाख २०७५, १३ : ०२
बुधबार, १२ वैशाख २०७५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एघाराँै वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत १५ जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई ‘बाल विकास समाज कपनद्धारा’ १५०,००० को छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त कार्यमा कार्यरत्त स्नो याक फाउन्डेसनलाई १,००,००० प्रदान गरेको छ ।

अन्य सामाजीक कार्यमा कार्यरत संस्था मार्फत एड्स संक्रमित बालबालिकाहरुलाई १००,००० सहयोग गरेको छ । बैंकले आर्थिक वर्ष २०७४।७५ को चैत्र मसान्तमा  शिक्षा ,स्वास्थ्य , खेलकुद, संगीत प्रबर्धन आदि जस्ता क्षेत्रमा बैंकले करिब ९० लाख को आर्थिक सहयोग उपलब्ध गराएको छ  ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका अध्यक्ष डा .शंकर प्रसाद शर्माले प्रतिवद्धता व्यक्त गर्नुभयो । 

बैैंकले कारोबार शुरु गरेको एघार  वर्षको समयावधिमा आफ्नो ६८ वटा शाखाहरु र ६८ वटा ए.टि.एम.बाट करिब तीन लाख पैतिस हजार ग्राहकवर्गलाई बैकिङ्ग सेवा पु¥याउँदै आईरहेको छ । यस बैंकले आर्थिक वर्ष २०७४।७५ को तेस्रो त्रयमास सम्ममा रु.६० अर्व २५करोड निक्षेप संकलन गरि रु. ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको तथा सोहि अवधि भित्र रु.१ अर्व १७ करोड ७४ लाख संचालन मुनाफा र रु.१ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप