के हुन्छ जब तपाईं दैनिक अदुवा खानुहुन्छ ? थाहा पाउनुुस् यी ८ कुरा
अदुवा एक मसाला मात्र नभई स्वास्थ्यका लागि गुणकारी खाद्य सामग्रीसमेत हो । अदुवामा आइरन, क्याल्सियम, आयोडिन, क्लोरिन र भिटामिनसहित थुप्रै पौष्टिक तत्व पाइन्छ । साथै, अदुवालाई एक शक्तिशाली एन्टिभाइरल पनि मानिन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ । अदुवालाई ताजा र सुख्खा दुबै रुपमा प्रयोग गर्न सकिन्छ । आउनुहोस्, अदुवाका केही गुणबारे जानकारी लिऔं ।
१. खोकीको औषधीः
अदुवालाई सधैं खोकीको औषधीको रुपमा चिनिन्छ । खोकी लाग्दा अदुवाको सानो टुक्रामा तातो बनाइएको मह मिसाएर दिनमा दुईपटक सेवन गर्नुहोस् । यसले खोकी रोक्छ र घाँटीको समस्याबाट पनि राहत दिलाउँछ ।
२. भोक बढाउनका लागिः
अदुवाको नियमित सेवन गरे भोक नलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यदि तपाईंलाई कम भोक लाग्छ भने अदुवाको सानो टुक्रामा नुन लगाएर दिनमा एकपटक लगातार आठ दिनसम्म खानुहोस् । यसले पेट सफा हुन्छ र भोक जगाउँछ ।
३. पचाउनका लागिः
पेटको समस्याका लागि अदुवा निकै फाइदाजनक मानिन्छ । यसले अपच र पाचन क्रियामा सुधार्न सहयोग पुर्याउँछ । अदुवामा ज्वानो, कागतीको रस मिसाएर खाँदा पाचन क्रिया ठिक रहन्छ । यसले पेटमा ग्यास बन्न दिँदैन, अमिलो डकार आउन बन्द गर्छ । साथै, कब्जियतको समस्याबाट पनि मुक्ति दिलाउँछ ।
४. छालालाई चम्किलो बनाउँछः
अदुवाको सेवनले छाला चम्किलो हुन्छ । बिहान खाली पेटमा एक गिलास मनतातो पानी सँगै अदुवाको एक टुक्रा खानुहोस् । यसले तपाईंको छालालाई निखार्नुका साथै तपाईंलाई लामो समयसम्म जवान बनाइराख्न सहयोग गर्दछ ।
५. रुघा खोकीका लागिः
रुघा खोकी लाग्दा अदुवाको सेवनले तपाईंलाई राहत प्रदान गर्छ । रुघा लाग्दा अदुवा हालेको चिया पिउँदा फाइदा हुन्छ । यसका साथै अदुवाको रसलाई महसँग मिसाएर तताएर खाँदा पनि रुघा खोकीबाट राहत पाउन सहयोग पुर्याउँछ ।
६. कोलेस्ट्रोलमा फाइदाजनकः
अदुवाको प्रयोगले हाम्रो कोलेस्ट्रोललाई पनि नियन्त्रणमा राख्छ । यसले रक्तसंचार पनि ठिक राख्छ । अदुवाले रगत जम्न दिँदैन । यसमा एन्टी फंगल र क्यान्सर प्रतिरोधी गुण पनि पाइन्छ ।
७. महिनावारीको अनियमितता रोक्छः
अदुवालाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अदुवाको सेवनले महिलाको महिनावारीको अनियमिततालाई रोक्न सहयोग गर्छ ।
८. पीडाबाट राहतः
अदुवालाई एक प्राकृतिक रोग निवारक भनिन्छ । ‘फुड्स द्याट फाइट पेन’ पुस्तकका लेखक आर्थर निल बर्नार्डका अनुसार अदुवामा पीडा हटाउने प्राकृतिक गुण पाइन्छन् । यसको कुनै साइड इफेक्ट हुँदैन । ताजा अदुवालाई पिसेर यसमा थोरै कपुर मिसाएर लेप तयार गरेर सुन्निएको र दुखेको अंगमा लगाए पीडाबाट राहत मिल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी