शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारको आर्थिक कारोबार अब  विद्युतीय प्रणालीबाट, राजस्व संकलन पनि यही प्रणालीबाट गर्ने घोषणा

बुधबार, १२ वैशाख २०७५, १२ : ४४
बुधबार, १२ वैशाख २०७५

काठमाडौं–सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ । 

बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुभारम्भ गरेका हुन् । 
 त्यस अवसरमा उनले  आर्थिक कारोबारलाई सहज बनाउन सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट सुरु गर्ने कार्य आरम्भ गरिएको पनि स्पष्ट पारे । 

 अर्थमन्त्री खतिवडाले अव छिट्टै राजस्व संकलनको सबै काम यही प्रणालीबाट सुरु हुने घोषणा पनि गरे । 
उनले विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्न आवश्यक कानून, कार्यविधि र निर्देशिका निर्माणको काममा ढिलाई नहुने पनि स्पष्ट पारे । 
 अर्थमन्त्री खतिवडाले विद्युतीय प्रणालीबाट सुरु गरिएको आर्थिक कारोबारलाई व्यवस्थित बनाउन मातहतका निकायलाई पनि निर्देशन दिए । 

यो सेवा केन्द्र बुधबार करदाता सेवा केन्द्र ठमेलबाट आरम्भ गरिएको छ । आगामी आर्थिक वर्ष भित्र देशभर यो सेवालाई विस्तार गर्ने योजना बनाइएको राजस्व सचिव शिशिर कुमार ढुंगानाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप