शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य र कृषि मन्त्रालयबीच यसकारण बढ्यो आशङ्का

बुधबार, १२ वैशाख २०७५, ११ : ५०
बुधबार, १२ वैशाख २०७५

काठमाडौं– क्षेत्राधिकारको विषयलाई लिएर मन्त्रालयबीच विवाद देखिन थालेको छ । पछिल्लो पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालय मातहतका केही कार्यालयमा छड्के निरीक्षण गरेपछि विवाद सतहमा आएको छ । 

‘आफ्नो मन्त्रालयसँग सामन्य परामर्श पनि नगरी आफू मातहतका निकायमा सामान्य प्रशासन मन्त्रीले छड्के जाँच गरेपछि कृषि, भूमिसुधार तथा सहकारी मन्त्री, मन्त्रालयका सचिव र अन्य उच्च अधिकारीहरूले असन्तुष्टि राख्नुभएको छ ।’ कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयका एक अधिकारीले रातोपाटीसँग भने, ‘यसले मन्त्रालयहरूबीच आशङ्का बढाउने काम गरेको छ । 

गत आइतबार मन्त्री पण्डित क्षेत्राधिकार बाहिर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतको मालपोत कार्यालय डिल्लिबजारमा छड्के गरे । त्यहाँ पुगेर कर्मचारीको हाजिरी ढड्डा हेरेका थिए । मन्त्री पण्डितले छड्के गरेपछि आइतबार दिनभर उनको पक्ष र विपक्षमा बहस पनि भएको थियो । 

मन्त्री आफ्नो विभागीय जिम्मेवारीभन्दा बाहिर अन्य मन्त्रालय माताहतका कार्यालयमा गएर अनुगमन गरेको विषयलाई मन्त्रीले ‘सस्तो लोकप्रियता’का लागि गरेको कामका रूपमा पनि आलोचना भएको थियो । 
पूर्वप्रशासकहरूले यसलाई ‘अनधिकृत काम’ भनेर टिप्पणी गरेका थिए । पछिल्लो पटक मन्त्रीहरूले लोकप्रियताका लागि कार्यकारी अधिकारको अभ्यास गर्ने प्रचलन बढेको प्रशासकहरू बताउँछन् । 
मन्त्री पण्डितले छड्के गरी सेवा प्रवाहको विषयमा जानकारी लिएका थिए । निरीक्षणपछि सुधारका लागि निर्देशन दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप