‘ब्ल्याक’को भिएफएक्समा चलचित्रको आधा बजेट खर्च !
काठमाडौं – पछिल्लो समय नेपाली चलचित्रको स्तर फेरिँदो छ । दर्शकको आकर्षण बढ्दो छ । २१ औँ सताब्दिमा आइपुग्दा विश्व बजारमा प्रविधिले मारेको फड्कोबाट नेपाली चलचित्र क्षेत्र पनि अछुतो छैन् । त्यसैले त दिन प्रतिदिन नयाँ नयाँ प्रयोग चलचित्रमा हुँदै आएका छन् ।
उदारणको रुपमा चलचित्र ‘ब्ल्याक’लाई पनि लिन सकिन्छ । ११ जेठबाट दर्शक माझ आउन लागेको यो चलचित्रको आधा बजेट विभिन्न दृश्यलाई भिएफएक्स खर्च गरिएको छ ।
निर्देशक प्रदीप श्रेष्ठले चलचित्र निर्माणको पुरा बजेटको आधा भिएफउक्स बनाउन लागेको बताए । दर्शकले प्राकृतिक मान्ने रि दुरुस्तै देखिने प्रकारले थुप्रै दृश्य भिएफएक्सको माध्यमबाट चलचित्रका लागि बनाइएको निर्देशक श्रेष्ठको भनाई रहेको छ ।
‘भिएफएक्सकै कारण छायाँकनदेखि पोष्ट प्रोडक्सनसम्मको समय लम्बियो’ निर्देशक श्रेष्टले भने ‘ चलचित्रको आधाजस्तो बजेटको हिस्सा यसले मात्रै रिजर्भ गरेको छ ।’
चलचित्रको भिएफएक्स दृश्य समिर मियाले तयार पारेका हुन् । मौनता श्रेष्ठको कथा , रामजी लामिछानेको कोरियोग्राफी र रामशरण उप्रेतीको छायाँकन रहेको चलचित्रमा आश्मा पाण्डेको निर्माणरहेको छ ।
आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतको अभिनय रहेको छ । उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले ‘ब्ल्याक’लाई वितरणको जिम्मा लिएका छन् । चलचित्रको पुरै भिएफएक्स गरिएको एक गीत ‘पल पल हरपल’मा पनि हो ।
गीत यस्तो छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इजरायल जाने बमको खेप रोक्यो
-
बारामा ८ महिनापछि वर्षा, वन्यजन्तु र डढेलो नियन्त्रणमा राहत
-
पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा
-
गौरीगङ्गामा अवैध काठ बरामद
-
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
-
भक्तपुर अस्पतालमा १८ करोडको सुविधा सम्पन्न भवन निर्माण