बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेको इन्सुरेन्सको सेयर लिलामीमा, बैशाख १९ देखि आवेदन खुला

बुधबार, १२ वैशाख २०७५, १० : ५१
बुधबार, १२ वैशाख २०७५

काठमाडौं–नेको इन्सुरेन्सले सर्वसाधारण र संस्थापकको बिक्रि नभएको हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले ९९ हजार ९ सय ४९.११ कित्ता सेयरका लागि बैशाख १९ गतेदेखि लिलामीमा बिक्रि खुला गर्ने भएको हो । संस्थापक समुहको ४ हजार ६३.८७ कित्ता र सर्वसाधारण समुहको ९५ हजार ८ सय ८५.२४ कित्ता सेयर बिक्रि नभएपछि लिलामीमा ल्याउन लागेको हो ।

 लिलामीको सेयरमा आवेदन दिने अन्तिम मिति बैशाख २६ गतेसम्म रहेको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । नेकोले यसअघि माघ २६ गतेदेखि चैत १ गतेसम्म बिक्रि खुला गरेकोमा सो बराबरको सेयर बिक्रि नभएपछि लिलामीमा ल्याएको हो ।  एनएमबी क्यापिटल र एनएमबी बैक तथा तिनका केही शाखा कार्यालयमा सेयर खरिदका लागि बोलपत्र पेश गर्न सकिनेछ । 


 प्रतिकित्ता सेयरको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएकाले सो भन्दा बढी मूल्य कबोल गरेर बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।  नेकोको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८६ पैसा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप