मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल सेवा लघुवीत्तको आइपीओ खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

बुधबार, १२ वैशाख २०७५, १० : ४८
बुधबार, १२ वैशाख २०७५

काठमाडौं–नेपाल सेवा लघुवित्त वित्तिय संस्थाको साधारण सेयरको आजबाट (बुधबार) बिक्रि खुला भएको छ । कम्पनीको १ लाख ६७ हजार ४ सय कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणका लागि बिक्रि खुला गरिएको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । 

सेयर निष्काशन छिटोमा बैशाख १६ गते र ढिलोमा जेठ १० गते बन्द हुने बिक्रि प्रबन्धकले जनाएको छ । यसका लागि लगानीकर्ताले सि— आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन फारम भर्न र बुझाउन सक्नेछन् । आवेदकले न्युनतम ५० कित्ता र अधिकतम ९०० कित्ताका लागि आवेदन दिन सक्नेछ ।  

कम्पनीले १ लाख ८० हजार कित्ता मध्ये ५ प्रतिशत अर्थात ९०० कित्ता साधारण सेयरहरु सामुहिक लगानीकोषका लागि, २ प्रतिशत अर्थात ३६ सय कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेर बाँकी सेयरका लागि सर्वसाधारणमा बिक्रि खुला गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप