रु ५ सयको नयाँ नोट : अब एउटा बाघ हराउने !
काठमाडौं– नेपाल राष्ट्र बैंकले आजबाट रु ५ सयको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १२ गतेबाट रु ५ सयको नयाँ नोट चलनलल्तीमा ल्याउन लागेको जनाएको हो ।
साविककै आकार तथा रङमा आउने नयाँ नोटमा साविकको २ वटा बाघको साटो एउटामात्रै पाटे बाघको चित्र हुनेछ । साथै बैंकले यसअघि चलन चल्तीमा रहेका नोटहरुपनि यथावत राखेको जनाएको छ ।
जसको संकेत नं ङ/४६०००००१ देखि छ/४०९९९९९९सम्म रहने छ । त्यस्तै नोटको अग्रभागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको र तल्लो भागमा गर्भनर चिरंजीवि नेपालको दस्तखत रहेको हुने मुद्रा व्यवस्थापन विभागले जनाएको छ । उक्त नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा विसं २०७३ लेखिएको हुनेछ ।
३.५ मिमि चौडा भएको रंग परिवर्तन हुने नोटलाई सिधा हेर्दा रातो देखिने र ढल्काएर हेर्दा हरियो रङ देखिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन