शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीबाट पाँच घरमा क्षति

बुधबार, १२ वैशाख २०७५, ०९ : ११
बुधबार, १२ वैशाख २०७५

राजविराज - सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा १० लाखको क्षति भएको छ । 

स्थानीय गुलाब साहको ग्वाली (गाई गोठ)मा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, मोहमद नजीरलगायतका एक÷एक वटा गरी पाँच वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । 

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद जिन्सी गरी १० लाखको क्षति भएको प्रहरीले जनाएको छ । 

आगोलाई स्थानीयवासी, प्रहरी र राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप