शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पपस्टार धिरजको 'जुनेली रातको तिमी जुन हौ मेरी' (भिडियो)

बुधबार, १२ वैशाख २०७५, ०८ : २९
बुधबार, १२ वैशाख २०७५

काठमाडौं - चर्चित गायक धिरज राईको नयाँ पप गीत सार्वजनिक भएको छ ।

नेपाली माइकल ज्याक्सन भनेर चिनिने नेपाली पप स्टार गायक धिरजले लामो समयको अन्तरालपछि आफ्नै शब्द र संगीतमा नयाँ पप गीत बजारमा ल्याएका हुन् ।

“जुनेली रातको तिमी जुन हौ मेरी, हजारौ तारा टिपी आकाशै भरि” बोलको गीत उनले सार्वजनिक भएको हो ।

आधा नेपाली र आधा अंग्रेजीमा रहेको यस गीत रोमान्टिक लभस्टोरीमा आधारित छ ।

भिडियोमा योगेन्द्र राइ, अञ्जना राइ र मेरिना तुम्सा लिम्बुको अभिनय रहेको छ ।

पबिन्द्र श्रेष्ठले निर्देशन गरेको भिडियोलाई पबिन्द्र श्रेष्ठ र सुदेश श्रेष्ठले छायांकन गरेका छन् ।

कमलपोखरी र सिटी सेन्टरको आसपास छायांकन गरिएका भिडियो लभ ब्लाड्स एल्बममा समावेश छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप