छ दिनमै एक जोडीको विवाह रद्द
मङ्गलबार, ११ वैशाख २०७५, २० : ५२
रुकुम । विवाह गरेको ६ दिनमै यहाँका एक जोडीको विवाह रद्द भएको छ ।
जिल्लाको सानीभेरी गाउँपालिका–३ का १७ वर्षीय एक बालक र वडा नं ४ की १९ वर्षीया बालिकाबीच भएको विवाह रद्द भएको हो ।
उम्मेर नपुग्दै बाल विवाह गरेको भन्दै यहाँ रहेका मौराखारा वडास्तरीय बाल सञ्जालले प्रहरीसमक्ष निवेदन दिएपछि विवाह रद्द भएको हो ।
आज प्रहरी चौकी सिम्लीमा दुवै पक्षको छलफलबाट विवाह रद्द गरेर ती बालबालिकालाई आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ । दुवैका आमाबुबाको मञ्जुरीमा गत वैशाख ५ गते उनीहरुको मागी विवाह भएको थियो । तर यहाँको बाल सञ्जालले बाल विवाहमुक्त गाउँपालिका बनाउन सक्रिय भएकाले विवाह रद्द गरिएको बताएको छ ।
यो सँगै यहाँ अहिलेसम्म ११ जोडिको यस्ता बाल विवाह रद्द भएका छन् । बाल सञ्जालको सक्रियतामा यहाँ बाल विवाह न्यूनीकरण हुँदै आएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार