प्रभु मनी ट्रान्सफर र भारतको मुथुट फिनकर्प बीच रेमिटेन्स सम्झौता
नयाँ दिल्ली । प्रभु मनी ट्रान्सफर भारतले अप्रिल देखि लागु हुनेगरी भारतको प्रतिष्ठित कम्पनी मुथुट फिनकर्पसंग रेमिटेन्स सम्झौता गरेको छ।
भारतमा काम गर्ने लाखौँ प्रवासी नेपालीहरूले अव थप सजिलो हुने गरी मुथुट फिनकर्पका करिब ३८०० शाखाहरूबाट बिहान १० बजेदेखि बेलुका ०६ बजेसम्म नेपालमा पैसा पठाउन सक्ने छन् । भारतबाट पठाएको पैसा नेपालमा प्रभु बैक लगायत अन्य सबै वाणिज्य बैक र सहकारी संस्थाका खाताहरूमा तुरुन्तै जम्मा गर्न सकिने छ भने देशभरमा ८००० भन्दा बढी प्रभुका रेमिट्यान्स काउन्टरहरूबाट पैसा नगद प्राप्त गर्न सकिने छ। भारतमा बसोबास गर्दै आएका प्रवासी नेपालीहरूलाई भारतबाट नै प्रभु बैङ्कमा खाता खोल्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ । साथै रुपैयाँ कार्ड पनि निस्शुल्क दिने प्रबन्ध मिलाइएको प्रभु मनी ट्रान्फसरले जनाएको छ।
प्रभु मनी ट्रान्फसरले भारतमा आफ्नै कार्यालयबाट तथा भारतका विभिन्न प्रतिष्ठित कम्पनीहरूसँग सहकार्य गरी रेमिटेन्स सेवा दिँदै आएको छ । मुथुट फिनकर्पबाट नेपालमा पैसा पठाउँदा भारु ३०,००० सम्म भारु १५० शुल्क र त्यो भन्दा माथि ५०,००० सम्म भारु २०० शुल्क लाग्ने प्रभु बैकका दिल्ली प्रतिनिधि सुनिल मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी