मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एन आई सी एशिया बैंकले बनेपामा सुरु गर्यो शाखारहित बैंकिङ्ग सेवा

मङ्गलबार, ११ वैशाख २०७५, १९ : ३३
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले पाचौं शाखारहित बैंकिङ्ग सेवा बनेपाबाट सुरु गरेको छ ।

शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पाचौं शाखारहित बैंकिङ्ग सेवा बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट संचालनमा ल्याएको हो । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बनेपा नगरपालिकाका मेयर श्री लक्ष्मी नरसिंह बादेज्यूले गर्नु भयो ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फतबाट बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग  बानिको विकाश हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न किसिमका बैंकिङ सेवा लिन सक्नेछन् । एन आई सी एशियाले हालसम्म १९६ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ५ वटा शाखारहित बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप