अन्तर कलेज फुटसल प्रतियोगितामा ब्रिटिश कलेज विजयी
काठमाडौँ । ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कलेज फुटसल टोर्नाेमन्ट’ प्रतियोगितामा ‘ब्रिटिश कलेज विजयी भएको छ । यही अप्रिल २३ देखि २४ सम्म सम्पन्न उक्त प्रतियोगितामा ब्रिटिश कलेज विजयी भएको हो ।
उक्त कार्यक्रमलाई ‘अल नेपाल फुटबल एशोसियसन’ र ‘रेडबुल’लगायतअन्य प्रतिष्ठित राष्ट्रिय तथाअन्तराष्ट्रिय ब्राण्डहरुले प्रायोजित गरेका थिए । मुख्य प्रयोजकहरुमा एनआइसि एसिया बैंक (बैंकिङ पार्टनर), टर्किस एयरलायन्स (एयरलायन्स पार्टनर), दराज नेपाल (अनलाइन सपिङ पार्टनर), इन्टरनेट सेकुरिटी पार्टनर, भायानेट (इन्टरनेट पार्टनर), सुलुक्स सेन्टर (स्टाइल पार्टनर) रहेका थिए ।
विभिन्न विश्वविद्यालयका १६ अण्डर ग्रयाजुएट कलेजहरुले यस प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतिस्पर्धी टीमबाट शीर्ष विजेता ‘ब्रिटिश कलेज’ र उपविजेता ‘किङ्ग्स् कलेज’ घोषित भएका छन् । टूर्नामेन्टको सर्वश्रेष्ठ खेलाडी ‘ब्रिटिश कलेज’ का धीरज थापा भए भने सर्वश्रेष्ठ किपरमा तेन्जीङ सामडुप घोषित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...