यस्तो बनेर आयो गायक लबटको सेन्टिमेन्टल गीत ‘झरि नै रह्यो आँसु मेरो’ (भिडियो)
काठमाडौं । ‘टोखा बजार’ गीतबाट चर्चामा आएका गायक वीरकृष्ण लबटको अर्को नयाँ गीत सार्वजनिक भएको छ । गायक लबटको सेन्टिमेन्टल गीत ‘झरि नै रह्यो आँसु मेरो’को भिडियो सार्वजनिक भएको हो ।
सानु श्रेष्ठको शब्दमा यो गीतलाई गायक लबटले आकर्षक स्वरबद्ध गरेका छन् । गायक लबटले सार्वजनिक भएको सो गीतको संगीत आफैँले भरेका हुन् भने एरेञ्ज पनि आफैँले गरेका हुन् । गायक लबटको यो गीतको भिडियोलाई किरण श्रेष्ठले छायाङ्कन तथा सम्पादन गरेका हुन् ।
गायक लबटले श्रोता तथा दर्शकहरुलाई भर्खरै सार्वजनिक भएको आफ्नो नयाँ गीतको बारेमा बताउँदै प्रतिकृया दिन आग्रह गरेका छन् । साथै नेपाली गीत संगीतलाई सधैँ माया गरिदिनलाई आग्रह पनि गरेका छन् ।
गायक लबटको ‘झरि नै रह्यो आँसु मेरो’ गीत रिलिज पूर्व ‘माया मेरी साह्रै राम्री’, ‘म त होइन तिम्रो’ लगायतका गीतहरु बजारमा आएका छन् । गायक लबटका यी गीतहरुलाई सामाजिक सञ्जाल युट्युब तथा फेसबुकमा दर्शकहरुले धेरै मन पराईरहेका छन् ।
गायक लबटले वि.सं. २०६३ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका थिए । सोही एल्बममा समावेश गरिएको ‘टोखा बजार’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने