बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको निधनलगत्तै अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस बिरामी

मङ्गलबार, ११ वैशाख २०७५, १७ : २१
मङ्गलबार, ११ वैशाख २०७५

एजेन्सी–आफ्नी श्रीमतीको अन्त्येष्टि गरेको भोलिपल्टै अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस आइतबार बिरामी भएका छन् । 

रगतमा संक्रमण भएर स्वास्थ्य समस्यामा परेका छन् बुसको अहिले उच्च सतर्कताका साथ उपचार भइरहेको उनको निजी सचिवालयले जनाएको छ । 

सचिवालयद्वारा जारी वक्तव्यमा अनुसार ९३ वर्षीय बुसलाई हाउस्टन मेथोडिस्ट अस्पतालमा आइतबार बिहानै भर्ना गरिएको हो । 

उनकी श्रीमती तथा अमेरिकाकी पूर्वप्रथम महिला बारबारा बुसको गत शनिबार अन्त्येष्टि गरिएको थियो । उनको गत मंगलबार ९२ वर्ष उमेरमा निधन भएको थियो । 

उनको अन्तिम विदाई समारोहमा चार जना पूर्वराष्ट्रपति सहभागी भएका थिए । बारबाराका श्रीमान् जर्ज एच डब्लु बुस बाहेक उहाँका छोरा जर्ज डब्लु बुस पनि अमेरिकाको पूर्वराष्ट्रपति हुन् । 

स्वर्गीय बारबारा बुसका श्रीमान् जर्ज एच डब्लु बुस सन् १९८९ देखि १९९३ सम्म र उनका छोरा जर्ज डब्लु बुसकी २००१ देखि २००९ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए। 

बारबाराको निधनपछि उनका श्रीमान् तथा पूर्वराष्ट्रपति बुसले बारबारा संसारकै सबैभन्दा मायालु भएको बताएका थिए । अन्त्येष्टिमा हजारौँको सहभागिता रहेको थियो । 

पूर्वराष्ट्रपति बुसलाई हातखुट्टा काँप्ने रोग ९पार्किन्सन०ले सताएको छ । उनलाई बेला बेलामा निमोनिया पनि हुनेगरेको थियो । 

“अहिले उनको उपचारको प्रतिफल सकारात्मक देखिएको र स्वास्थ्यमा सुधार भएको छ,” अधिकारीले भनेका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप