शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘डमरुको डन्डीबियो’ले दर्शक निरास पार्दैन– अभिनेता खगेन्द्र

मङ्गलबार, ११ वैशाख २०७५, १७ : १४
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– ‘‘डमरुको डन्डीबियो’ले दर्शकलाई पुरै मनोरञ्जन दिन्छ ।’ अभिनेता खगेन्द्र लामिछाने प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘डमरुको डन्डीबियो’को बिषयमा निकै कन्फिडेन्ट देखिए । ‘चलचित्र पूरै खेल होला भनेर नझुकिनुहोला । खेलसँगै यसले पारिवारिक कथा पनि राम्रोसँग बुनेको छ ’ उनले भने ‘यसले दर्शक निराश पार्दैन ।’

खगेन्द्रले चलचित्रको बिषयमा उक्त भनाई राख्दै गर्दा सँगै रहेका अर्का कलाकार अनुप बराल, निर्देशक छेतन गुरुङ र निर्माता बिनोद गुरुङले पनि सहमति जनाए । ‘निर्देशक छेतन र निर्माताले बिनोदले ‘डन्डीबियो’को बिषयमा चलचित्र बनाउदा के होला भनेर मसँग सल्लाह गर्न आउनु भएको थियो । नाम सुन्नेबितिकै मलाई लोभ लागि हाल्यो’ उनले बिगत सम्झिए । ‘मलाई  यो कथामा चलचित्र बन्नुपर्छ भन्ने लाग्यो । हामीबीच सहमति पनि भयो र म तुरुतै लेख्ने कामतिर लागे ।’ हाम्रो मौलिक कथा माथि चलचित्र बन्नुपर्छ भन्ने मलाई जहिले पनि लाग्ने गर्दथ्यो’ उनले थपे ।

‘डमरुको डन्डिबियो’को प्रचारका लागि मंगलबार आयोजित कार्यक्रममा अभिनेता अनुप बरालले भने चलचित्रमा आफ्नो भूमिका एक प्रशिक्षकको रहेको खुलाए । ‘चलचित्रमा मेरो भूमिका प्रशिक्षकको रहेछ ’ बरालले भने ‘तर छायाँकन अगाडी मैले पनि यस बिषयमा एक महिना प्रशिक्षण लिए ।’ अभिनयको सिलसिलामा आफुहरुलाई बियोले लागेको बताएका अनुपले खेल्ने सिलसिलामा बियो लागेर मेनुका भने गम्भिर घाइते भएको अनुपले बताए ।

२१ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको प्रचार–प्रसारलाई थप बल पुर्याउन निर्माण युनिटले कार्यक्रममा आयोजना गरेको थियो । अहिले बनिरहेको चलचित्र भन्दा केही भिन्न गर्ने सोचले ‘डमरुको डन्डिबियो’ बनाएको निर्देशक छेतनले बताए । ‘मनोरञ्जन मात्र होइन, दर्शकलाई डन्डीबियो खेल्ने अहिलेसम्म थाहा नभएका नियम पनि सिकाउँछ’ निर्देशक छेतनले भने ‘चलचित्रमार्फत दर्शकलाई अहिले सम्मकै फरक प्याकेज दिन खोजेको छु ।’ छेतनले दर्शकले चलचत्रि मन पराउने दाबी समेत गरे ।

खगेन्द्र लामिछानको लेखन रहेको चलचित्रमा खगेन्द्र, अनुपको अलवा मेनुका प्रधान, नमिता घिसिङ, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का लगायतका कलाकारको समेत अभिनय रहेको छ । कार्यक्रममा भने अभिनेत्री मेनुकासहित अन्य कलाकार भने उपस्थित थिएनन् । अभिनेत्री मेनुकाको खुट्टामा समस्या भएको कारण चलचित्रको प्रचार–प्रसारमा नदेखिएको सो अवसरमा जानकारी दिइयो ।

लमजुङको घले गाउँ र काठमाडौंमा छायाँकन भएको यो चलचित्र छायाँकनको समयमा त्यति चर्चामा थिएन । तर ट्रेलर सार्वजनिक भएपछि  भने यसले राम्रो चर्चा पाएको छ । बिदेशका बिभिन्न ठाउँबाट समेत चलचित्रको माग भइरहेको छन् । बिदेशका केही देशमा  चलचित्र राम्रो रकममा बिकिसकेको निर्माता बिनोद गुरुङले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप