शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

औषधी व्यवस्था विभागका फार्मेसी अधिकृत ५० हजार घुससहित अख्तियारको फन्दामा

मङ्गलबार, ११ वैशाख २०७५, १७ : ०५
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्ज बाँकेका फार्मेसी अधिकृत तपेन्द्र भट्टराई ५० हजार घुस सहित पक्राउ परेका छन् ।

मेडिकल स्टोर दर्ता प्रकृयामा सहजता बनाइदिने भनी सेवाग्राहीसँग घुस लिइरहेका भट्टराईलाई अख्तियारको शाखा कार्यालय कोहलपुरबाट खटिएको टोलीले  मंगलबार उनको कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।  
५० हजार नगद सहित रंगेहात पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप