बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेञ्चुरी कमर्सियल बैंकको नाफा शतप्रतिशत

मङ्गलबार, ११ वैशाख २०७५, १६ : ५१
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चैत्र मसान्त सम्ममा ६३ करोड खुद मुनाफा गरेको जनाएको छ । यो मुनाफा गत त्रैमासको तुलनामा १ सय ३ प्रतिशतको बृद्धि हो । बैंकले गत वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत भन्दा बढी खुदनाफा कमाएको छ । बैंकले चैत्र मसान्त सम्ममा ५२.७३ अर्व निक्षेप संकलन गरी रु. ५० अर्व भन्दा बढी कर्जा प्रवाह गरेको छ । 

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले विगत सात महिनादेखि का.मु. प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार समाल्दै आउनुभएको छ । यस अवधीमा बंैकले ९ वटा थप शाखाहरु समेत सञ्चालनमा ल्याएको छ । हाल बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप