बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री पण्डितको चेतावनीः गणतन्त्र र संघीयतामाथि प्रश्न उठाउनेहरु आफै समाप्त भएर जान्छन्

मङ्गलबार, ११ वैशाख २०७५, १६ : १४
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गणतन्त्र र संघीयतामाथि प्रश्न उठाउनेहरु आफै समाप्त भएर जाने चेतावनी दिएका छन् । मंगलबार लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

कार्यक्रममा बोल्दै मन्त्री पण्डितले लोकतन्त्रलाई कमजोर हुन नदिन सरकार सचेत रहेको पनि बताए ।  जनताका अधिकारलाई संस्थागत गर्दै जारी भएको संविधानलाई दृढतापूर्वक कार्यान्वयन गरेर अघि बढने पनि स्पष्ट पारे । मन्त्री पण्डितले लोकतन्त्र कमजोर भएको आफूले सुन्न समेत नसक्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप