मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयमा डाक्टरकै धर्ना  (तस्बिरसहित)

मङ्गलबार, ११ वैशाख २०७५, १६ : १२
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– टिचिङ अस्पतालले नियम अनुसार छात्राबृत्ति नदिएको भन्दै चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिएका छन् । 

हाल त्रिवि शिक्षण अस्पतालका ३० जनाले छात्राबृत्ति पाउदै आएका छन् । तर, पछिल्लो समय यो छात्रबृति वितरण गर्दा होलसेलमा गरिएकाले आफुहरुलाई अन्याय भएको उनीहरुको भनाई छ । 

चिकित्सिक संघको अगुवाईमा सोमबार मन्त्रालयमा धर्ना दिन पुगेका उनीहरुले विधिविधान अनुसार आफुहरुले अध्यायनका लागि पाउने छात्रबृत्ति नपाएको बताए ।

दुर्गम क्षेत्रमा चिकित्सक नगएको गुनासो आईरहेका वेला सरकारले सरकारी चिकित्सकहरुलाई एम.बि.बि.एस पछिको अध्यय्न पिजी निशुल्क पढाउने र त्यसबापत दुर्गममा जाने निति बनएको थियो । 
स्वास्थ्य मन्त्रालयका अनुसार अध्यय्न गर्ने अवसर पाउने आशमा दुर्गम क्षेत्रमा हाल ५ सय चिकित्सकहरु कार्यरत छन् ।  

चिकित्सा परिचालन कार्यविधि २०७२ को दफा २ (ग) ३ को सम्बन्धमा दफा २३ मा दूर्गमका सरकारी चिकित्सलाई एम.डि.एम.एस अध्यय्नका लागि छात्रबृत्तिमा परीक्षार्थी चिकित्सकहरुको छनौट गर्दा प्राथमिकताका आधारमा गर्नुपर्ने उल्लेख छ । तर चिकित्सकहरुले भने त्रि.वि शिक्षण अस्पतालले मन्त्रालयका चिकित्सकहरुलाई सो अनुसार छात्रबृत्ति नदिएको गुनासो गरेका छन् । 

संघका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले भने ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयलाई एम.डि.एम.एच छान्न पाउने आधार तोकेको भन्दै पहिलो प्राथमिकता कार्यरत चिकित्सकलाई दिनुपर्ने बताए । ऐन अनुसार दोस्रो प्राथमिकता स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालमा कार्यरत चिकित्सकलाई राखिएको छ ।  

त्रि.वि शिक्षण अस्पतालले सबैलाई एउटै ठाँउमा राखेर छात्रबृति वितरण गर्दा सरकारकारी दूर्गमका सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरु समस्यामा परेको डाक्टर दिपेन्द्र पाण्डेले बताए ।

उनका अनुसार अध्ययानको प्राथमकितामा नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी बल या अन्य वर्गका चिकित्सकले प्राथमिकता पाउने गरेको गुनासो गरे ।

यसअघि आन्दोलित चिकित्सकहरुले आफ्ना समस्याबारे मन्त्री र त्रिवि शिक्षण अस्पताललाई जानकारी गराएपनि सुनुवाई नभएको संघले जनाएको छ ।

 ‘अटेर गर्दै भोलिदेखि भर्ना प्रक्रिया अगाडी बढाए आफुहरु कडा आन्दोलनमा जान बाध्य हुन्छौ’, सरकारी चिकित्सक संघका अध्यक्ष राजेन्द्र पाण्डेले रातोपाटीलाई बताए । 

उनले जबरजस्ती गरिए सम्पूर्ण सरकारी चिकित्सकहरु सडक आन्दोलनमा उत्रिले चेतावनी समेत दिए । अर्का चिकित्सक सुनिल पौडेलले दूर्गमका चिकित्सकमाथि अन्याय भइरहे नसहने भन्दै सवै चिकित्सक काठमाडौमा उर्ताने र त्यसको जवाफदेहि आई.ओ.एम को डिन अफिस र स्वास्थ्य मन्त्रालय हुने चेतावनी दिए । 

हालस्वास्थ्य मन्त्रालयको अनुदानमा एम.डि.एम.एस त्रि.वि शिक्षण अस्पताल,वीर अस्पतालको न्याम्स ,धरानको बि.पी अस्पातलमाबाट अध्ययन गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप