शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशमन्त्री र सदस्यद्वारा चेपाङ र शहीद बालबालिकाको अभिभावकत्व

मङ्गलबार, ११ वैशाख २०७५, १४ : ४६
मङ्गलबार, ११ वैशाख २०७५

रत्ननगर– प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा लामा र प्रदेशसभा सदस्य घनश्याम दाहालले विपन्न परिवारका तीन बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । 

मन्त्री लामाले दुई चेपाङ र दाहालले शहीद परिवारका बालकको अभिभावकत्व ग्रहण गरेका हुन् । मन्त्री लामाले राप्ती नगरपालिका–१० स्वामिटार माविकी छ वर्षीया निशा चेपाङ र पाँच वर्षीय सुजन चेपाङलाई कक्षा १ मा भर्ना गराए । सोही क्रममा उनले विद्यालय पोशाकसहित पाठ्यसामग्री सहयोग गर्दै आवश्यक सम्पूर्ण खर्च आफूले बेहोर्ने प्रदेशमन्त्री लामाले बताए । 

प्रदेश सदस्य दाहालले द्वन्द्वका क्रममा ज्यान गुमाएका रामबहादुर तामाङका १३ वर्षीय छोरा रमेशलाई पूर्वी चितवनको कालिका नगरपालिका–७ स्थित पृथ्वी माविमा भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् । बालबालिकाको भर्ना गराउने सरकारी अभियानलाई सफल बनाउन शहीद परिवारको अभिभावकत्व ग्रहण गर्दै सोमबार पृथ्वी माविको कक्षा ६ मा भर्ना गरिएको तथा विद्यालय पोशाक, पाठ्यपुस्तकसमेत उपलब्ध गराउँदै हरेक वर्ष एक नयाँ विद्यार्थीको अभिभावक बन्ने प्रतिबद्धता जनाए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप