मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोलकातामा नेपाली नृत्य

मङ्गलबार, ११ वैशाख २०७५, १४ : २५
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौँ– । दिलीप थापा डान्स सेण्टर र रवीनदास हेयर ब्युटी एकेडेमी हाउडा, कोलकाताले बाह्रौँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना गरेका छन् ।  सेन्टर नेपाली मूलका दिलीप थापाले पन्ध्र वर्षअघिदेखि सञ्चालन गरेका हुन् ।

प्रतियोगितामा ८० नेपाली र भारतीय शिक्षार्थीले गणेश वन्दना, नेपाली, बङ्गाली र डान्डिया ९गुजराती०, हिपहप र ताण्डव नृत्य तथा वन्दे मातरम् प्रस्तुत गरेका थिए । शिक्षार्थीका नेपाली आमाहरुसमेतले राजस्थानी घुमर, पल्लो लटक र हिपहप नृत्य प्रदर्शन गरेका थिए । सो अवसरमा सेण्टरले आठजना असहायलाई ह्विलचियर पनि वितरण गरेको थियो । 

कार्यक्रममा कोलकाताका लागि नेपाली वाणिज्यदूत एकनारायण अर्यालले शुभकामना सन्देश पठाउँदै सेन्टरले नेपाली संस्कृतिलाई भारतमा प्रचारप्रसार गरेकामा प्रशंसा गरेका थिए । भारत, पश्चिम बङ्गालका कोअपरेशनमन्त्री अरुप राय र हाउडा म्युनिसिप्यालिटीका काउन्सिलर मल्लिका राय चौधरीले कोलकातामा नेपाली र भारतीय संस्कृतिको सङ्गम भइरहेकामा सन्तोष व्यक्त गरे । 

कार्यक्रममा नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कं लिका ब्राञ्च मेनेजर लक्ष्मण खड्का, नेपाली जनकल्याण समिति कोलकाताका अध्यक्ष बद्रीविक्रम थापा र नेपालका उद्यमी दिनेशकुमार सिंजापतिलगायतको उपस्थिति थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप