शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कालिमाटीस्थित आईएमई सेन्टरबाट ३ लाख लुटपाट

मङ्गलबार, ११ वैशाख २०७५, १३ : ५९
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– पानीको बोत्तल लिएर राजधानीको कालिमाटी चोकस्थित आईएमई सेन्टरमा छिरेका एक ब्यक्तिले ‘एसिड खन्याई दिउँ कि पैसा दिने ?’ भन्दै काउन्टरमा भएको ३ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।
 
कलंकी स्थायी घर भएका ४४ बर्षिय राजेन्द्र बस्नेतले काठमाडौं महानगरपालिका–१३ कालिटमाटी चोकमा संचालन गरेको क्रिस्टल इन्टरप्राईजेज (आईएमई) सेन्टरबाट नगद लुटपाट भएको प्रहरी प्रधान कार्यालयको केन्द्रिय समाचार कक्षले जनाएको छ ।
 
इन्टरप्राईजेजेको काउन्टरमा रहेका कर्मचारीहरु रुविना कोईराला र अप्सरा थापालाई अपरिचित ब्यक्तिले पानीको बोत्तल देखाएर पैसा नदिएमा एसिड खन्याईदिन्छु भन्दै धक्की दिएर नगद लुटपाट गरेका हुन् । फरार लुटेराको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप