मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

किन कमजोर बन्यो कांग्रेस ?  युवा नेताले दिए ५ कारण

मङ्गलबार, ११ वैशाख २०७५, १३ : ०७
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– गगन थापासहितका नेपाली कांग्रेसका युवा नेताहरुले  पार्टीले चुनावमा जनतासमक्ष गरेका बाचाअनुसार  काम गर्न नसक्दा  इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन् ।  जारी केन्द्रीय समिति बैठकमा  युवा नेताहरुले प्रस्तुत गरेको संयुक्त डकूमेन्टमा कांग्रेसले सरकारको नेतृत्व गर्दा बनाएको योजना अस्थिर, अनुत्तरदायी र अप्रवकारी रहेको निश्कर्ष निकालिएको छ ।  
यसो हुनुको कारण नेतृत्वले जनतालाई निराश बनाउनुका साथै जनअपेक्षाअनुसार काम गर्न नसक्नु, सुशासन दिन नसक्नु, परिणाम देखाउन नसक्नु, जनउत्तरदायी र जवाफदेही हुन नसक्नु नै भएको युवा नेताहरुको  निश्कर्ष छ । 
कांग्रेस कमजोर बन्नुको कारणलाई ५ बुँदामा  समेटिएको डकुमेन्टमा लोकतन्त्रको सवालमा बलियो र प्रभावकारी बनाउनु पर्ने क्षेत्र र निकायहरु चर्को राजनीतिकरणका कारण अत्याधिक अप्रभावकारी र कमजोर बन्न पुगेको उल्लेख गरिएको छ । 
यसैगरी जनताबाट प्राप्त मतादेशलाई आम नागरिकको हितमा प्रयोग गर्नेभन्दा पनि फगत पार्टीका केहि व्यक्तिहरुको लालसालाई पूरा गर्नमा कांग्रेसको परिचयन बन्न पुगेको तथा पार्टी जनतासँग टाढिँदै गर्दा सत्तामा पुगेपछि ‘कांग्रेसले बिर्सन्छ भन्ने आमबुझाई बढ्दै गएको’ पनि उल्लेख गरिएको छ । 
यस्तै सरकार चलाउँदा सुशासनमा उदाहरणीय  हुन नसकेका यथार्थ  प्रष्ट  देखिनुका साथै क्षमताको सन्दर्भमा पनि कुनै अवस्मिरणीय छाप छाड्न नसक्दा  चुनावी नतिजा कममजोर देखिएको पनि युवा नेताहरुको डकुमेन्टमा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप