मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भुटेको चनामा हुन्छ प्रोटिन र फाइबर, यसरी खाँदा घट्छ तौल

मङ्गलबार, ११ वैशाख २०७५, १२ : ५२
मङ्गलबार, ११ वैशाख २०७५

चना स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । बिहान टुसा उम्रेको चना खाँदा शरिरलाई आइरन, क्याल्सियम र अन्य आवश्यक पौष्टिक तत्वका साथै भिटामिन पनि पाइन्छ । स्वास्थ्यका लागि भुटेको चना पनि निकै फाइदाजनक हुन्छ । विशेष कुरा के हो भने यसमा लो क्यालोरी हुने भएकाले यसलाई स्वस्थ खाजाको रुपमा प्रयोग गर्न सकिन्छ । भुटेको चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, आइरन र भिटामिन भरपुर मात्रामा हुन्छ । दैनिक भुटेको चना खाँदा शरिरलाई विभिन्न प्रकारका फाइदा हुन्छ ।

मोटोपना घटाउँछ चनाः

यदि तपाईं मोटोपनाका कारण चिन्तित हुनुहुन्छ भने भुटेको चना तपाईंका लागि निकै फाइदाजनक हुन्छ । भुटेको चनामा क्यालोरीको मात्रा निकै कम हुन्छ जबकी यसमा विभिन्न पौष्टिक तत्व जस्तै पोटासियम, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट, प्रोटिन, डाइट्री फाइबर भरपुर मात्रामा हुन्छ । सय ग्राम भुटेको चनामा १ सय ६४ क्यालोरी हुन्छ । यदि तपाईं खाजामा भुटेको चना खानुहुन्छ भने तपाईंको तौल निकै चाँडै घट्छ ।

तौल घटाउनका लागि कसरी खाने ?

तौल घटाउनका लागि चनाको प्रयोग निकै सजिलो छ । चनालाई एक घण्टाका लागि पानीमा भिजाएर राख्नुहोस् र यो सुकेपछि यसलाई बालुवा र नुनमा राखेर भुट्नुहोस् । तपाईंले बजारबाट भुटेको चना पनि ल्याउन सक्नुहुन्छ । तपाईं चाहेको खण्डमा भुटेको चनामा सलाद जस्तै प्याज, गोलभेडा, गाजर, मुला, कागतीको रस आदि मिसाएर खानसक्नुहुन्छ ।

चनाले रगत बढाउँछः

चनामा आइरनको भरपुर मात्रा हुन्छ । त्यसकारण यदि तपाईंलाई रक्तअल्पत्ताको समस्या छ भने दैनिक भुटेको चना खान सुरु गर्नुहोस् । ध्यान दिनुहोस्, बोक्रा नभएको चनामा बोक्रा भएजत्तिको फाइदा हुँदैन । रक्तअल्पत्ताको शिकार धेरैजसो महिला हुने भएकाले यसले महिलालाई निकै फाइदा गर्छ ।

दिनभरी क्रियाशील रहनुहुनेछः

हामी सक्रिय रहनका लागि ऊर्जाको अत्यधिक आवश्यक पर्छ । यस्तोमा चनाले निकै सहयोग पुर्याउँछ । चना खाँदा ऊर्जा पाइन्छ । मधुमेह रोगीका लागि पनि चनाको सेवन निकै फाइदाजनक हुन्छ ।

डाइट्री फाइबरले भरिपूर्णः

फाइबर हाम्रो शरिरका लागि निकै आवश्यक हुन्छ । चना फाइबरले भरपुर हुन्छ त्यसकारण यसले पाचन क्रियालाई सुधार्छ । भुटेको चना खाँदा कब्जियतको समस्यामा फाइदा पुर्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप