मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

५० वर्षसम्म लिभ इनमा बसेपछि ‘मोक्ष’ पाउनका लागि वृद्ध युगलले गरे विवाह

शनिबार, २४ असार २०७४, १६ : ३०
शनिबार, २४ असार २०७४

लगभग आधा दशकसम्म लिभ इनमा बसेपछि भारतको मध्य प्रदेशका ८० वर्षीय सुख कुशवाह र ७५ वर्षीया हरियाले मौक्ष पाउनका लागि आफ्ना नाती नातिनाको उपस्थितीमा विवाह गरेका छन् । यो जोडीका ५० वर्षे कान्छा छोरा मुन्नाले आमा–बुवाले अन्त्यमा विवाह गरेकोमा आफूलाई निकै खुसी लागेको बताए ।

यो जोडीका एक आफन्तका अनुसार सुख र हरियाबिच करिब ५० वर्ष पहिले प्रेम भएको थियो तर दुबैको परिवार उनीहरुको विवाहविरुद्ध भएकाले लिभ इनमा बस्न थालेका थिए । उनीहरुका दुई छोरा र दुई छोरी छन् । केही हप्ता अघि सुखले विवाह बन्धनमा नबाँधिए उनको र श्रीमतीको मृत्यु भएपछि मोक्ष नपाइने भन्ने बारे बिचार गर्न थाले । उनले यसबारे आफ्ना छोरालाई जानकारी दिए ।

त्यसपछि मुन्नाले पंडितसँग कुरा गरे र परिवारका वरिष्ठ सदस्यसँग छलफल गरी पाइतपुरा गाउँमा ३० जूनमा आफ्ना आमाबुवाको वैदिक मन्त्रोचारणसहित विवाह सम्पन्न गराए । विवाह समारोहमा यो जोडीका नाती महेश र ९ जना नातिनीहरुले डिजेको गीतमा नाचेर आफ्नो खुसी व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप