शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका  युवा नेताहरुले केन्द्रीय समिति बैठकमा राखे ५१ ‘पन्ने’ माग (पूर्णपाठसहित)

मङ्गलबार, ११ वैशाख २०७५, १२ : १९
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीका ६ युवा नेताहरुले पहिलेदेखि उठाउँदै आएको शीघ्र महाधिवेशनको माग राखेका छन् । 

मंगलबार बसेको बैठकमा नेता गगन थापाले ५१ पन्ने लिखित माग बैठकमा प्रस्तुत गर्दै महासमिति र शीघ्र महाधिवेशनको माग गरेका हुन् ।

युवाहरु नेताहरुले संगठन चलाउन प्रष्ट सैद्धान्तिक खाका भएपनि त्यसको कायान्वयन गर्ने नेतृत्व शिथिल र यथास्थितिवादी भएकाले संगठनले गति  लिन नसकेको उल्लेख गरेका छन् । 

उनीहरुले वर्तमान सभापति शेरबहदुर देउवाको नेतृत्वलाई निरन्तरता दिनु जनादेश र मतादेश विपरित हुने भन्दै नेतृत्व परिवर्तनमा जोड दिएका छन् ।

युवाहरुको सुझावमामार्फत पार्टी सभापति शेरबहादुर देउवालाई महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न आग्रह पनि गरिएको छ ।

नेतृत्व परिवर्तन भए आगामी ५ बर्ष पछि हुने निर्वाचनमा अहिलेको निर्वाचनमा आएको मतभन्दा १५ लाख मत बढि ल्याएर काँग्रेस एक्लैले बहुमतको सरकार बनाउन सक्ने युवाहरुको दाबी  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप