शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडामा बटुवाहरुमाथि भएको भ्यान आक्रमणमा १० जना मारिए

मङ्गलबार, ११ वैशाख २०७५, १२ : २४
मङ्गलबार, ११ वैशाख २०७५

क्यानडा–एक भाडामा लिइएको भ्यान टोरन्टोको फुटपाथमा हिँडिरहेका मानिसहरुमाथि चलाइदा दश जना मारिएका छन् । यो घटना १५ जना घाइते भएका छन् । घटनाको केही समयमै प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ । अभियुक्तको नाम रिचमण्ड हिल रहेको प्रहरीले जनाकारी दिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार सोमबार स्थानीय समय अनुरुप दिउसो १ः३० मा टोरन्टाको फिन्च एभेको नजिक उक्त भ्यान फुटपाथमा हिँडिरहेका वटुवाहरुमाथि चलाइएको थियो ।
तिनका अनुसार गाडी निक्कै तिब्र गतिमा अएको थियो र ड्राइभरले जानिबुझिकन मानिसहरुको भिडमा हानेको जस्तो देखिन्थ्यो । प्रहरी प्रशासनले भने यस घटनाको कारण र ड्राइभरको उदेश्यबारेमा प्रतिक्रिया दिन अस्विकार ग-यो ।
अलि नाम बताएका एक प्रत्यक्षदर्शीले भने “यो मानिसले नियतबश यो गरेका थिए र उनी सबै माथि गाडी चलाइरहेका थिए । उनले भ्यान चलाइरहे र मानिसहरु एक पछि अर्को उनको गाडीबाट हानिए ।”
उनका अनुसार धेरैजसो पीडितहरु वृद्ध थिए र उनले घटनाको समयमा एक गुडाएर हिँडाउने कोक्रो हावामा उडेको देखेको बताए ।
घटनापछि अभियुक्तलाई पक्राउ गर्न खोजिदाँ एक भिडियोमा प्रहरी र अभियुक्तबीचमा तनाबपूर्ण गतिरोध भएको देखिन्छ । छेउमा रहेको मानिसको मोबाइल फोनबाट खिचिएको जस्तो देखिने यो भिडियोमा प्रहरीले उनको गाडि रोकेर ‘बाहिर निक्ली नत्र गोली हानिदिन्छौ’ भनेको सुनिन्छ । त्यसको केही पछि गाडीबाट ड्राइभर झरेपछि उनलाई पक्राउ गरिन्छ ।
अधिकारीहरुका अनुसार प्रहरीहरुसँग अभियुक्तको पुरानो रेकर्ड रहेको छैन ।


यो घटनामा कुनै अन्तराष्ट्रिय आतङ्कवादको घटनाको सम्बन्ध थियो कि भन्ने प्रश्नमा प्रहरी प्रमुखले भने “हालसम्म प्राप्त भएको प्रमाणको आधारमा यसलाई राष्ट्रिय सुरक्षालाई असर गर्ने केही देखिदैन ।”
यो घटना त्यो बेला भएको छ जब प्रमुख औद्योगिक देशहरुका क्याबिनेटस्तरीय मन्त्रीहरु एक भेलाको लागि क्यानडामा छन् । यो भेला जुन महिनामा क्युबेक शहरमा हुन लागेको जी७ बैठकको तयारीमा हुन लागेको हो ।
क्यानडाको सार्वजनिक सुरक्षा मन्त्री राल्फ गुडेले घटनालाई ‘डरलाग्दो आक्रमण’ बताए । उनले जी७ का विदेश मन्त्रीहरुले सम्बेदना प्रकट गरेको पनि बताए ।
घटनापछि त्यस वरपरका भवन र अफिसहरु प्रहरीले नियन्त्रण लिएका थिए । त्यसका साथै नजिकको भूमिगत रेलस्टेशन पनि बन्द गरिएको थियो ।
अमेरिका र युरोपमा पछिल्लो समय बटुवाहरु माथि गाडी जोतेर गरिने आक्रमणहरु बढेका छन् । अघिल्लो वर्षको अक्टोबरमा न्यू योर्कमा भएको यस्तै आक्रमणमा आठ जनाको ज्यान गएको थियो ।
दुई महिना अघि मात्र आई.एस.ले आफ्ना समर्थकहरुलाई गाडीको प्रयोगले आक्रमण गर्न आह्वान गरेको एक सामाग्री इन्टरनेटमा अपलोड गरेको थियो ।
आई.एस.ले गाडीको प्रयोगबाट बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र स्पेनमा आक्रमण गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप