बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जय नेपाल हलमा चलचित्र ‘भोर’को विशेष शो, माधव नेपालदेखि राजेन्द्र महतोसम्मले हेरे फिल्म

मङ्गलबार, ११ वैशाख २०७५, ११ : ४३
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं– तराईमा व्याप्त दाइजो प्रथासम्बन्धी  चलचित्र ‘भोर’ को  मंगलबार विशेष शो गरिएको छ । राजधानीको जय नेपाल हलमा   गरिएको विशेष शोमा  एमाले नेता माधव नेपाल राजपा  नेता राजेन्द्र महतो, नयाँ शक्तिकी नेत्री हिसिला यमीसहित  विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको  सहभागिता रहेको थियो । 
चलचित्र हेरिसकेपछि एमाले नेता माधव नेपालले  तराईमा दाइजोको समस्या अझैं रहेको भन्दै त्यसलाई उन्मुलन गर्नुपर्नेमा जोड दिए । चलचित्रले  दाइजोसम्बन्धी  समस्यालाई सशक्त ढंगले उठाएको पाएको प्रतिक्रिया दिँदै नेपालले  यो समस्याको समाधानका लागि राज्य गम्भीर ढंगले लाग्नुपर्नेमा जोड दिए । 
यस्तै राजपा नेता राजेन्द्र महतोले   बलियो कानून भएपनि प्रशासन चुस्त बन्न नसक्दा दाइजो प्रथा कायमै रहेको बताए । 
चलचित्र ‘भोर’ बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।  
निर्देशक यादव भट्टराईले मधेसको निकै दर्दनाक कथामा चलचित्र बनाएको बताए । उनले करीब १ वर्ष लगाएर चलचित्र बनाएको भन्दै मधेसमा भाइरसको रुपमा रहेको दाइजो प्रथा चिर्नको लागि चलचित्र बनाएको बताए । 


चलचित्रमा रामनारायण यादव, अनितारानी मण्डल, राजेश सक्सेना, परमेश झा, डोली सरकार लगायतको अभिनय देख्न सकिनछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप