बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सानियाले भनिन्, ‘आउँदैछ बेबी मिर्जा मलिक’

मङ्गलबार, ११ वैशाख २०७५, ११ : २०
मङ्गलबार, ११ वैशाख २०७५

भारतकी चर्चित टेनिस खेलाडी सानिया मिर्जाले सोसल मिडियामा आफू गर्भवती भएको जानकारी दिएकी छिन् ।

सानियाले ट्वीटरमा #BabyMirzaMalik  सहित दुई वयस्कको टीसर्टसहित एक बच्चाको टीसर्टमा मिर्जा मलिक लेखेकी छिन् ।

सानियाले सन् २०१० को अप्रिलमा पाकिस्तानी क्रिकेटर शोएब मलिकसँग विवाह गरेकी थिइन् ।

यस्तै, सानियाका पिता इमरान मिर्जाले समाचार एजेन्सी पिटिआईलाई दिएको जानकारी अनुसार सानिया अक्टोबरमा सन्तानलाई जन्म दिँदैछिन् ।

एक पारिवारिक साथीमार्फत जारी गरिएको एक बयानमा सानिया र शोएबले भनेका छन्, ‘हामीले निकै अघिदेखि यसबारे सोचेका थियौं । अहिले लाग्छ कि परिवार सुरु गर्ने यो सही समय हो । जब हामीलाई यसबारे थाहा भयो तब हामी यति आनन्दित भयौं कि यो खबरलाई आफ्ना साथी र प्रशंसकमाझ सार्वजनिक गर्न कुर्न सकेनौं । हामी हाम्रो जीवनको यो नयाँ यात्रा र अभिभावकको रुपमा आफ्नो नयाँ जीवन यात्राका लागि निकै उत्साहित छौं ।’

सानियाको ट्वीटपश्चात् उनलाई शुभकामना र बधाई दिनेको ओइरो लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप