बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा यसरी मनाइयो नेपाल दिवस

मङ्गलबार, ११ वैशाख २०७५, १० : ३३
मङ्गलबार, ११ वैशाख २०७५

अमेरिका–अमेरिकाको नर्थ क्यरोलाइना राज्यस्थित मोरिसभिल सहरमा अप्रिल २१, २०१८ मा नेपाल दिवस भव्य रुपमा मनाइएको छ । स्थानीय नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन सीएनसी) को आयोजना र अमेरिकास्थित नेपाली दुतावास र अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा क्रियाशील नेपाली संघसंस्थाको सहभागितामा आयोजित कार्यक्रममा नेपालको सांस्कृतिक विविधता झल्किने  कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको पहिलो चरणमा स्थानीय सिडरफोर्क सामुदायिक भवनदेखि चर्च्स्ट्रिट पार्कसम्म सांस्कृतिक झाँकी सहित परेड प्रस्तुत गरिएको थियो । झाँकीमा नेपालको विविध सांस्कृतिक परिचय झल्कने गरी गौतम बुद्ध, शिव, पार्वती आदिको स्वरुपमा सजिएका कलाकारहरूले दर्शकको ध्यान तानेका थिए ।
पार्कमा पुगेपछि सभामा परिणत भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र अमेरिकी सरकारका विभिन्न तहका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । 
कार्यक्रममा नेपाल दिवस कार्यक्रमका सहसंयोजक डा ठाकुरबाबु कार्की, मोरिसभिल टाउनका पुर्व मेयर मार्क, नर्थ क्यरोलाइनाका सिनेटर जय चौधरी, वेक काउन्टीकी कमिस्नर जेसिका होल्म्स, मोरिस्भिलका मेयर टि जे कवली, मोरिस्भिलका काउन्सिल मेम्बर स्टिभ राव लगायतले नर्थ क्यरोलाइनामा नेपाली समुदायको पहिचान उच्च रहेको बताएका थिए ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, नासियाका अध्यक्ष माधव ढकाललगायतले नर्थ क्यारोलाइनामा संस्थागत रुपमा नेपाल दिवस मनाउन पाउनु नेपालीका लागि गौरवको विषय भएको बताएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप