शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पथरी शनिश्चरेमा घरघरमा स्वास्थ्य परीक्षण

मङ्गलबार, ११ वैशाख २०७५, १० : ०७
मङ्गलबार, ११ वैशाख २०७५

मोरङ -मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत सोमबार तीनवटा वडामा स्वास्थ्य परीक्षण थालिएको छ । 

स्वास्थ्य शाखाको आयोजनामा नगरको वडा नम्बर २, ३ र १० मा परीक्षण थालिएको स्वास्थ्य संयोजक मुरारी आचार्यले बताउनुभयो । 

वडाका जनप्रतिनिधिको समेत उत्साहजन उपस्थितिबीच भएको कार्यक्रममा २ र १० नम्बर वडामा १०, १० जना र ३ नम्बर वडामा छ जनाको स्वास्थ्य परीक्षण भएको छ । स्थानीय सरकारले यस्तो खालको काम थालेकोमा वडावासीले अनौठो खुशी व्यक्त गरेका छन् । 

ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, कानको जाँच, अक्सिजनको मात्रा, नाडीको गति, स्वासप्रश्वास दर, शरीरको तापक्रम, तौलको परीक्षणका साथै खाँदै गरेका औषधिसहितका स्वास्थ्य सल्लाह प्रदान गरिनेछ । स्वास्थ्य संस्थामा उपलब्ध हुने औषधि पनि आवश्यकताअनुसार सँगै प्रदान गरिएको छ । 

प्रत्येक वडामा प्रत्येक महिना एक साताको अवधि छुट्याएर यसखाले चेकजाँच गरिनेछ । ज्येष्ठ नागरिकको स्वास्थ्यसँग नगरपालिका नामक कार्यक्रमअन्तर्गत निर्देशिकासमेत निर्माण गरी काम थालिएको हो । यो कामको उद्घाटन भने नयाँ वर्षको अवसर पारेर वैशाख १ गते भएको थियो । 

वडा नम्बर ३ का ८४ वर्षीय तुलाराम बजगाईंको जाँच गर्दा मुटुको गतिमा समस्या देखिएकाले विराटनगरको नोबेल अस्पतालमा रेफर गरिएको छ । नगरपालिकाले १ नम्बर प्रदेशभरि उपचार गर्न वर्षमा एकपटक अस्पतालसम्म पु¥याउन एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने क्रार्यक्रमको थालनी बजगाईंबाटै शुरु गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप