शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको काराओके क्लबमा आगलागी, १८ को मृत्यु

मङ्गलबार, ११ वैशाख २०७५, ०९ : ४०
मङ्गलबार, ११ वैशाख २०७५

बेइजिङ । दक्षिण चीनको एक काराओके टिभी लाउन्जमा भएको आगलागीमा परी १८ जनाको मृत्यु भएको छ ।

चीनको ग्वाङडोङ प्रान्तस्जित क्वीङयुवान सहरमा रहेको उक्त लाउन्जमा भंगलबार आगलागी भएको हो ।

क्वीङयुवान प्रहरीको आधिकारिक वेवो अकाउन्टमा तीन तले भवनमा मध्यरात आगलागी भएको थियो ।

प्रहरीले आगलागी कसैले नियतवस लगाएको आशंका गरेको बताउँदै यसमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

घटनामा ५ जना गम्भिर घाइते रहेका छन् । घटना लगत्तै प्रहरी र अग्निनियन्त्रक त्यहाँ पुगेका थिए । तर, त्यतिबेरसम्म आगो निकै फैलिसकेको थियो ।

न्युयार्क टाइम्सले सीसीटिभीलाई उद्धृत गर्दै घटना अघि एक व्यक्तिको उक्त लाउन्जमा झगडा परेको र उनले काराओके क्लबको ढोकामा बाइक तेर्साएर ढोकामा आगो लगाएको उल्लेख गरेको छ ।

यता, चाइना न्युज सर्भिसले ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको उल्लेख गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप