शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालको अर्बौंको जग्गा हडप्न यस्तो चलखेल

मङ्गलबार, ११ वैशाख २०७५, ०७ : ०२
मङ्गलबार, ११ वैशाख २०७५

 भक्तपुर - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १७४ रोपनी जग्गा नेपाल इन्जिनियरिङ कलेज(नेक)को नाममा गराउन चलखेल भएको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको छ । नेकले भोगचलन गरिरहेको अस्पतालको जग्गा कलेजलाई दिलाउन प्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको खुलासा भएको हो ।

नेकको १८०औं बैठकले नगर प्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरेको देखिन्छ । त्यसपछि नेकको १८४औं बैठकले नगर प्रमुख मिश्रलाई जग्गा आफ्नो नाममा सार्नका लागि जिम्मा दिएको छ । वीर अस्पतालको नाममा रहेको ५७० रोपनी जग्गामा ५० रोपनी अझ गायब भएको जमिन खोज्न सहयोग गर्नुको साटो कलेजले भोग चलन गरेको जमिन दिलाउन नगर प्रमुख आफंै लाग्नु लाजमर्दो भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेश गुरुङ बताउँछन् ।

‘हाम्रो जमिन हराएको छ । जमिनको खोजीमा छौं तर प्रमुख भने हाम्रो नाममा आएको जमिन उल्टै नेकका नाममा लैजान विभिन्न चलखेल गरिरहेको सुन्दा लाजमर्दो देखिएको छ,’ उपकुलपति गुरुङले भने ।

वीर अस्पताल दुवाकोटमा आउने तयारी गरेपछि विभिन्न समूहले जग्गा हड्प्न चलखेल गरिरहेको उनी बताउँछन् । भन्छन्, ‘कहिले नेकले दुःख दिन्छ । कहिले भू–माफियाहरूले ।’ १ हजार ५ सय शøयाको सुविधा सम्पन्न अस्पताल निर्माणको पूर्व सन्ध्यामा दुवाकोटको जग्गा विवाद भएमा कानुनी लडाइँ लड्ने गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप