बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिश राजपरिवारमा थपिए नयाँ सदस्य

सोमबार, १० वैशाख २०७५, १९ : ४८
सोमबार, १० वैशाख २०७५

एजेन्सी– ब्रिटेनमा राजकुमारी केटले तेश्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी छन् । स्थानीय समयअनुसार सोमबार बिहान ११ बजेर १ मिनेट जाँदा उनले छोरालाई जन्म दिएकी हुन् । राजकुमारी केटबाट तेश्रो सन्तानका रुपमा जन्मिएको शिशुको तौल आठ पौण्ड, सात आउन्स रहेको बीबीसीले जनाएको छ ।

राजकुमारी केटले शिशुको जन्म दिइरहँदा राजकुमार विलियम पनि अस्पतालमै थिए । नयाँ शिशु बेलायतको राजगद्धीको परम्परा अनुसार पाँचौ स्थानमा रहने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप