शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रक्षामन्त्री र गृहमन्त्रीलाई लक्षित गर्दै योगेश भट्टराईको व्यंग्य, पार्टी एकताप्रति शंका

सोमबार, १० वैशाख २०७५, १८ : ३५
सोमबार, १० वैशाख २०७५

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले रक्षामन्त्री र गृहमन्त्रीलाई लक्षित गर्दै व्यंग्य प्रहार गरेका छन् । सचिव भट्टराईले आइतबार कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरका आयोजित कार्यक्रममा भएको विवादप्रति लक्षि गर्दै व्यंग्य गरेका हुन् । 

एमाले–माओवादी एकताप्रति दुई वटा ब्यानर राखिएको उक्त कार्यक्रमको फोटो सामाजिक सञ्जाल ट्विटमार्फत सार्वजनिक गर्दै व्यंग्य गरेका हुन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको दाँया बाँया उभिएका रक्षामन्त्री र गृहमन्त्रीलाई लक्षित गर्दै  उनले दुई वटा ब्यानरमूनि नेताहरु उभिएको फोटो पोष्ट गर्दै स्ट्याटसमा लेखेका छन्– ‘बीचमा शक्तिशालि नेताहरु दायाँ, बाँया सुरक्षा अगंका बलिया रक्षा र गहृमन्त्री । कसले भत्काउला ? कस्ले छेक्ला ? र कस्ले बिथोल्ला पार्टी एकतालाई ?’

भट्टराईको स्ट्याटसलाई एमाले-माओवादीभित्र चासोका साथ हेरिएको छ । आइतबार दुई पार्टीबीच पार्टी एकता गर्ने भनिए पनि नेताहरुबीच कुरा नमिल्दा पार्टी एकता धकेलिएको हो । यससँगै पार्टी एकताप्रति शंका बढ्दो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप