गृहसचिव राईले दिए कडा निर्देशन
काठमाडौं– गृहसचिव प्रेमकुमार राईले समाजमा हुने आतंककारी क्रियाकलाप तथा शान्ति सुरक्षा भंग गर्ने गतिबिधि बिरुद्ध आक्रामक रुपमा प्रस्तुत भई संलग्न अपराधीहरुलाई पक्राउ तथा कानूनी दायरामा ल्याउन नेपाल प्रहरी तदारुकताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा सोमबार निरीक्षण भ्रमण तथा उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधनक क्रममा गृहसचिव राईले यस्तो निर्देशन दिएका हुन् ।
सीमित साधनस्रोत तथा जनशक्तिका बावजूद पनि नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिका सराहनीय रहेको चर्चा गर्दै गृहसचिव राईले सुशासनका पक्षमा अत्यन्त गम्भीर भएर नेपाल सरकारले लिएको नीति तथा कार्ययोजना सम्पादन गर्न नेपाल प्रहरीले अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशनसमेत दिए ।
शान्ति सुरक्षा लगायत लागूऔषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपसार, राजश्व चुहावट नियन्त्रण जस्ता आपराधिक गतिबिधिमा संलग्नलाई तत्कालै कानूनी दायरामा ल्याउन समेत प्रहरीले सक्रिय भूमिका खेल्नुपर्ने कुरामा जोड दिँदै गृहसचिव राईले सूचना संकलनलाई थप विश्वसनीय बनाउँदै लैजान समेत आग्रह गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको संस्थागत परिचय दिँदै नेपाल प्रहरीको बर्तमान अवस्था, सुरक्षा व्यवस्थापनमा देखिएका चुनौतिहरु, भौतिक पुर्वाधार र साधनस्रोतको अवस्था लगायत नेपाल प्रहरीको भावी रणनीति सम्बन्धी प्रस्तुतीकरण दिएका थिए । नेपाल सरकार तथा गृह मन्त्रालयबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई पूर्णरुपमा सम्पादन गर्न नेपाल प्रहरी कटिबद्ध रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण